NarayaniPost.com
शनिबार, फाल्गुन १२, २०८०

कार्यालयका कर्मचारीलाई दिनकै ८ छाक खाना!

नारायणी पोस्ट
बुधबार, माघ ७, २०७७

२०७७ माघ ७ गते

दोलखा : सामान्यतया मान्छेले दिनमा कति पटक खान सक्ला ! बढीमा ३ पटक। दोलखाको एक सरकारी कार्यालयका कर्मचारी भने दिनमा ८ छाक खाँदा रहेछन् !

जिल्ला समन्वय समिति दोलखाका कर्मचारी लक्ष्मी कार्की २०७७ असार ६ गते योजना अनुगमनका लागि एक दिनलाई गाडी भाडामा लिई जिरी नगरपालिका गएकी थिइन्। त्यही दिन बेलुका फर्किएकी उनले खानाबापत ८ छाकको २ सय ७० रुपैयाँका दरले २ हजार १ सय ६० रुपैयाँ भुक्तानी लिएको पाइएको छ।

कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) ले आन्तरिक लेखापरीक्षणमा यस्तो फेला पारेको हो। ‘यसलाई नियमित भन्न सकिन्नँ’, कोलेनिका दोलखाका प्रमुख शिवनाथ पौडेलले भने। कार्कीले त्यसअघि असार १ र २ गते जिरी नगरपालिकाकै योजनाको अनुगमन गरेकी थिइन्। उनले दुई दिनमा होटलका चार कोठा लिएकी थिइन्। र, १० छाक खाना खाएको देखाएकी थिइन्। त्यसबापत ९ हजार रुपैयाँ भुक्तानी लिएको पाइएको प्रमुख पौडेलले बताए। उनैले २०७७ असार ३ गते तामाकोसी गाउँपालिकामा दुई दिन अनुगमन गर्दा उसरी नै चार कोठा र १० छाकको बिल पेस गरिन्।

त्यस्तै, समन्वय समितिका कर्मचारी रविन पाण्डेले २०७७ असार २ र ३ गते कालिञ्चोक गाउँपालिकाअन्तर्गतका योजनाको अनुगमन गरेका थिए। उनले दुई दिनमा होटलका चार कोठा भाडामा लिए। १० छाक खाना खाएको बिल बनाए। त्यसबापत ७ हजार ८ सय भुक्तानी लिएका छन्।

आलेप प्रतिवेदनले त्यसलाई अनियमित भनेको छ। रविन जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेका छोरा हुन्। उनी सांसद पशुपति चौलागाईंको क्षेत्रका पूर्वाधार विकास साझेदारी कार्यक्रमका प्रतिनिधि हुन्। उनैले २०७७ असार ४ र ५ गते बिगु गाउँपालिकाअन्तर्गतका योजना अनुगमन गरेका थिए।

त्यसमा पनि उही घटना भयो। दुई दिनमा चार कोठा र १० छाक खाना। त्यसको ७ हजार ३ सय भुक्तानी। प्रतिवेदनले यसलाई पनि अनियमित भनेको छ।
स्रोत : अन्नपूर्ण पोस्ट

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram