२०७७ माघ ८ गते
प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेस आज देशभर वडास्तरीय प्रदर्शन गर्ने भएको छ । कांग्रेसले ६ हजार ७ सय ४३ वडामा विरोध प्रदर्शन गर्ने भएको हो ।
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेस आज देशभर वडास्तरीय प्रदर्शन गर्ने भएको छ । कांग्रेसले ६ हजार ७ सय ४३ वडामा विरोध प्रदर्शन गर्ने भएको हो ।
संविधानमा भएको ब्यवस्था प्रतिकुल र जनभावना विपरीत संसद विघटन गरिएको भन्दै कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपिल गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचद्र पौडेलले वडा स्तरीय प्रदर्शनमा घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन पार्टीका सबै कार्यकर्ता र लोकतन्त्रवादीहरूलाई अपिल गरेका छन् ।
कांग्रेसले यसअघि पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन सम्पन्न गरिसकेको छ ।