NarayaniPost.com
आइतवार, फाल्गुन १३, २०८०

चितवनमा दुर्घटना तीव्र हुँदै, ६ महिनमा २१६ दुर्घटना

नारायणी पोस्ट
बिहिबार, माघ ८, २०७७

२०७७ माघ ८ गते

चितवन जिल्लामा चालु आर्थिक वर्षको छ महिनामा २१६ वटा दुर्घटना भएको छ । ती दुर्घटनामा परी ५८ जनाको मृत्यु भएको छ भने ३६१ जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार सबैभन्दा धेरै पूर्वपश्चिम लोकमार्गमा दुर्घटना भएका छन् ।


पूर्वपश्चिम लोकमार्गमा ७४ वटा दुर्घटना भएको र ती दुर्घटनामा २२ जनाको ज्यान गएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यस्तै नारायणगढ–मुग्लिन सडक खण्डमा ३४ वटा दुर्घटनामा छ जनाको मृत्यु र पृथ्वी राजमार्गमा भएका १२ दुर्घटनामा सात जनाको मृत्यु भएको छ ।


भरतपुर नगर ९रिङरोड०मा भएका ३७ दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने अन्य सडमा भएका ५८ दुर्घटनामा परी १८ जनाले ज्यान गुमाएका छन् । चालु आर्थिक वर्षमा सबैभन्दा बढी दुर्घटना मङ्सिरमा भएका छन् । मङ्सिरमा मात्र ५२ दुर्घटना भएको कार्यालयले जनाएको छ । चालु आवको पुस मसान्तसम्म सवारी दुर्घटनामा परी मृत्यु हुने ५८ जनामध्ये पुरूष ४८, महिला छ, बालक एक र बालिका तीन जना रहेका छन् ।

छ महिनाको अवधिमा भएका २१६ वटा दुर्घटनामा ३३६ सवारीसाधन संलग्न भएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए। उनका अनुसार दुर्घटनामा पर्नेमा सबैभन्दा बढी १६३ वटा मोटरसाइकल रहेका छन् ।
जिल्लामा भएका दुर्घटनामा तीव्र गति मुख्य कारण रहेको उनको भनाइ छ । तीव्र गतिका कारण १६१ वटा दुर्घटना भएको छ । चालकको लापर्बाहीले ३८, ओभरटेकका कारण १०, मादक पदार्थ सेवन गरी सवारी चलाउँदा सात र यात्रुको गल्ती र यान्त्रिक खराबीका कारण एक÷एक वटा दुर्घटना भएको उनको भनाइ छ ।

राजधानी प्रवेश र बाहिरिने मुख्य सडक यसै जिल्ला हुँदै जाने भएकाले सवारी दुर्घटना बढी भएका छन् । जिल्लाका अधिकांश भागमा सवारी साधन पुग्ने र सडकको अवस्था राम्रो नभएकाले पनि दुर्घटना बढेका हुन् । रासस

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram