NarayaniPost.com
आइतवार, फाल्गुन १३, २०८०

स्वास्थ्यकर्मीको टोलीले तलबको माग, पाएनन् तीन महिनादेखि तलब

नारायणी पोस्ट
बिहिबार, माघ ८, २०७७

२०७७ माघ ८ गते

गुल्मी । गुल्मीस्थित तम्घासमा रहेको कोरोना भाइरस (कोभिड–१९) परीक्षण प्रयोगशाला कार्यरत कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन् । रेसुङ्गा नगरपालिका–९ मा रहेको कोभिड–१९ परीक्षण प्रयोगशालामा कार्यरत कर्मचारीहरुले तीन महिनादेखि तलब नपाएको गुनासो गरेका हुन् ।

स्थानीय तहले समयमै रकम नदिएका कारण स्वास्थ्यकर्मीले तलब पाउन नसकेका हुन् । तलव नपाउँदा महामारीमा काम गर्ने कर्मचारीको मूल्यांकन नभएको उनीहरुको गुनासो छ ।

प्रयोगशालामा कार्यरत टेक्नोलोजिस्ट २ जना, टेक्निसियन ३ जना, असिस्टेन्ट २ जना, कम्प्युटर अपरेटर १ जना, हेल्पर १ जना र १ जना कुकले तलब नपाएका हुन् । कर्मचारीले असोज ८ गतेबाट कोभिड–१९ परीक्षण प्रयोगशाला तम्घासमा काम गर्न थालेका थिए ।

स्वास्थ्यकर्मीको टोलीले तलबको माग गर्दै पुस ५ गते जिल्ला अस्पतालमार्फत जिल्ला समन्वय, जिल्ला प्रशासन र नगरपालिकाको ध्यानाकर्षण गराएका थिए । गत जेठ ३१ गते बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले कोभिड–१९ प्रयोगशाला र आइसोलेसन सेन्टर सञ्चालन गर्न प्रत्येक नगरपालिकाले १५ लाख र प्रत्येक गाउँपालिकालाई १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो ।

तर, केही स्थानीय तहले अहिलेसम्म रकम नदिएपछि प्रयोगशालाका १० कर्मचारी तलब पाउनबाट वञ्चित भएका छन् ।

आफूहरूले सक्ने रकमबाट प्रयोगशाला र आइसोलेसन व्यवस्थापन गरे पनि अन्य स्थानीय तहले रकम उपलब्ध नगराएका कारण स्वास्थ्यकर्मीलाई पारिश्रमिक उपलब्ध गराउन नसकिएको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसाले बताए ।

सबै स्थानीय तहको समन्वय र सहयोगमा रेसुङ्गाले नेतृत्व गरेर कोभिड-१९ परीक्षण प्रयोगशाला सञ्चालन गर्ने निर्णय विपद् व्यवस्थापन समितिमा गरेको थियो । उपकरण र जनशक्ति व्यवस्थापनमा सुरुबाटै रकम अभाव भए पनि केही स्थानीय तहले अहिलेसम्म रकम नदिँदा समस्या उब्जिएको हो ।

स्वास्थ्यकर्मीको टोलीले तलबको माग गर्दै प्रशासनमा निवेदन दिएको त्यसको समन्वयको लागि स्थानीयतहसँग काम भइरहेको जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भण्डारीले बताए ।

स्रोत : अन्लाईनखबर

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram