NarayaniPost.com
आइतवार, फाल्गुन १३, २०८०

सडकै कब्जा गरेर दाहाल-नेपाल समूहको मन्चमा शक्ति प्रदर्शन

नारायणी पोस्ट
शुक्रबार, माघ ९, २०७७

२०७७ माघ ९ गते

काठमाडौं । नेकपा दाहाल-नेपाल समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै छ । काठमाडौंका विभिन्न ठाउँबाट जुलुस निकालेर भृकुटि मण्डपमा सभामा परिणत हुँदै छ ।

दाहाल-नेपाल समूहले काठमाडौंमा एक लाख बढी कार्यकर्ता उतार्ने दाबी गरेसँगै देशका विभिन्न जिल्लाबाट रातारात कार्यकर्ता काठमााडौं उतारेको छ।
यतिमात्र होइन अहिले काठमाडौंको ट्राफिक वयवस्था समेत अस्तव्यस्त बनेको छ ।
विभिन्न चोकबाट निस्केको जुलुसले सवारी साधन आवतजावतमा समस्या देखिएको छ । प्रहरीले चक्रपथभित्र भाडाका सवारी चल्न दिएको छैन । बिहान अफिस हिडेकाहरु घन्टौं जामा फसेका छन् ।
उता भृकुटिमण्डप प्रदर्शनी मार्गमा सडक नै कब्जा गरिएको छ । सवारी साधनलाई रोक लगाएर सडकमै भव्य मन्च निर्माण भइरहेको छ । भृकुटिमण्डपमा आइपुगेर जुलुस सभामा परिणत हुने छ जसलाई नेकपाको दाहाल नेपाल समूहमा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल लगायत वरिष्ठ नेताहरुले सम्बोधन गर्ने छन् ।

पुस ५ गते प्रधानमन्त्रीले संसद् विघटन गरेदेखि नै नेकपाको दाहाल नेपाल समूहले सडक आन्दोलन गर्दै आएको छ । ओलीको कदमलाई असंवैधानिक र प्रतिगमन भन्दै प्रचण्ड–नेपाल समूहले देशव्यापी आन्दोलन गरिरहेको छ ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram