NarayaniPost.com
आइतवार, फाल्गुन १३, २०८०

बकैया गाउको विद्यालय भवन भत्काउँदा पठनपाठन अवरुद्ध

नारायणी पोस्ट
शुक्रबार, माघ ९, २०७७

२०७७ माघ ९ गते

मकवानपुर । जिल्ला वन कार्यालय मकवानपुरले जिल्लाको बकैया गाउँपालिकामा रहेको एक प्राथमिक विद्यालय भवन भत्काएपछि त्यहाँका विधार्थीको पठनपाठन दुई हप्तादेखि अवरुद्ध भएको छ । सो विद्यालय भवन सरकारी वन क्षेत्रमा रहेको र थप विद्यालय कोठा निर्माण गर्न लागेपछि कार्यालयले यही पुस २५ गते भत्काएको बताइएको थियो । ब

कैया गाउँपालिका–१ को ढिकीफेदीमा रहेको वनदेवीकालिका आधारभूत विद्यालयको बन्दै गरेको नयाँ भवन र पुरानो टहरालाई भत्काइएको विद्यालयका प्राचार्य सरलोकुमार कछडियाले गुनासो गरे । कक्षा १ देखि ३ सम्म पठनपाठन हुने सो विद्यालयमा १०७ विद्यार्थी शिक्षाबाट वञ्चित भएको उनले बताए ।

कार्यालयका प्रमुख इमनाथ पौडेलले सरकारी वनमा भवन बनाउन लागेकाले भत्काइएको बताए । विद्यालयको नयाँ भवन निर्माण विषयमा अर्को गाउँसँग विवादसमेत रहेकाले भवन भत्काउन त्यहाँका बासिन्दाले सहयोग गरेको स्थानीय अभिभावकहरुको भनाइ रहेको छ ।

यो समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुर हेटौँडामा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकमा जिल्ला वन कार्यालय, जिल्ला समन्वय समिति, शिक्षा एकाइ, बकैया गाउँपालिका र सो विद्यालयका प्रधानाध्यापक र प्रतिनिधिको सहभागिता थियो । बैठकले यही माघ १५ गतेसम्म गाउँपालिकाले दुई गाउँको सहमति ल्याउनुपर्ने र सहमतिअनुसार वनले सो निर्णयलाई स्वीकार गर्ने सहमति भएको गाउँपालिका उपाध्यक्ष सरला वोलखेले जानकारी दिइन् ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram