NarayaniPost.com
आइतवार, फाल्गुन १३, २०८०

'अन्त हानेर हुँदो रैन्छ, अब टाउकामै हान्नुपर्छ' - प्रचण्ड

नारायणी पोस्ट
सोमवार, माघ १२, २०७७

२०७७ माघ १२ गते

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले काठमाडौंमा अझै ठुलो जनशक्ति प्रदर्शन गर्ने बताएका छन् ।

प्रचण्डले सोमबार बिहान काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै अब टाउकोमै हान्नुपर्ने अवस्थाको आन्दोलन घोषणा गर्न लागिएको बताएका हुन् ।
'जनकपुरमा ठुलो जनप्रदर्शन गर्ने सोच थियो, तर त्यो अघि काठमाडौंमा अस्तीको भन्दा ठुलो शक्ति प्रदर्शन गर्नुछ', प्रचण्डले भने, 'अन्त हानेर त्यति चोट पुग्दैन रैछ, टाउकोमै हान्नु पर्छ। काठमाडौं टाउको हो र त्यहि नहानी हुँदैन । '

प्रचण्डले भने, “काठमाडौंमा अझ ठूलो जनप्रदर्शन गर्ने कार्यक्रम घोषणा हुन्छ । त्यो बेला २५ हजार आउनुपर्‍यो तपाईँहरु । काठमाडौंमा टाउकोमै हान्नुपर्ने अवस्था आयो, त्यो निर्णायक संघर्ष हो । त्यसले छिनोफानो गर्नेछ ।”

उनले मितिबारे भने केही बताएनन् । माघ २३ गते नेकपकाका अर्का अध्यक्ष केपी ओलीको समूहले काठमाडौंमा शक्ति प्रदर्शन गर्ने बताइसकेका छन् ।
तर उनले केपी ओलीले गर्ने प्रदर्शन ठुलो नहुने ठोकुवा गरे । 'जत्रो गरेपनि पन्च र्यालीभन्दा ठुलो हुँदैन, उनले भने, “केपी ओलीले जत्रो सभा गरे पनि पञ्चर्‍याली भन्दा फरक हुने छैन । ढल्ने बेलामा राजा महाराजाका तर्फबाट पनि यस्ता र्‍याली निस्कन्थे ।”
'त्यो ठुलो भए के सानो भए के ओली प्रतिगमनकारी भइसके हाम्रो प्रदर्शन नै ठुलो हुनेछ' प्रचण्डले भने ।

स्रोत : हाम्रोखबर

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram