NarayaniPost.com
आइतवार, फाल्गुन १३, २०८०

नाडाकाे भीसीटिएस तथा करसम्बन्धी १ दिने प्रशिक्षण सम्पन्न

नारायणी पोस्ट
सोमवार, माघ १२, २०७७

२०७७ माघ १२ गते

अटोमोबाइल व्यवसायीलाई नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भन्सार, कर तथा भेइकल एन्ड कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम (भीसीटीएस) बारे प्रशिक्षण दिएको छ ।

काठमाडौ। । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को पहलमा १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । अटोमोबाइल व्यवसायीलाई नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भन्सार, कर तथा भेइकल एन्ड कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम (भीसीटीएस) बारे प्रशिक्षण दिएको छ ।

६९औं विश्व भन्सार दिवसको अवसरमा माघ ११ गते भन्सार विभागका महानिर्देशक श्री सुमन दाहालको प्रमुख आतिथ्यतामा सो प्रशिक्षण कार्यक्रम काठमाण्डौमा सम्पन्न भएको हो ।

अटोमोवाइल व्यवसायीहरुले आफनो व्यवसाय सञ्चालन गर्ने क्रममा कर, भन्सार तथा भीसीटीएससम्बन्धी यावत समस्याहरु भोग्दै आईरहेको सन्दर्भमा व्यवसायीहरुले कर, भन्सार तथा भीसीटीएस सम्बन्धी विद्यमान प्रणालीहरु बारे यथार्थ जानकारी राख्नु अति आवश्यक भएको देखिएकोले उक्त कर, भन्सार तथा ख्ऋत्क् सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको नाडाले जनाएको छ ।

सो कार्यक्रमका प्रमुख अतिथि तथा भन्सार विभागका महानिर्देशक सुमन दाहालले अटोमोवाइल व्यवसायीहरुले कर, भन्सार तथा भीसीटीएस सम्बन्धी यावत समस्याहरु भोग्दै आईरहेको सन्दर्भमा व्यवसायीहरुलाई यस बारे आवश्यक जानकारी दिन यस्तो कार्यक्रम सम्पन्न गरिएको जानकारी दिए ।
त्यसैगरी सो कार्यक्रममा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले आफना सदस्य कम्पनीहरुले कर, भन्सार तथा भीसीटीएससम्बन्धी यावत समस्याहरु भोग्दै आईरहेको सन्दर्भमा यस्तो कार्यक्रमहरुले व्यवसायीहरुलाई आवश्यक सूचना तथा जानकारीहरु प्राप्त हुने मात्र नभई व्यवसायीहरुलाई आफनो व्यवसाय विस्तार गर्न थप सहज समेत हुने भएकोले विगत केही बर्ष अघि देखि नाडाले यस्तो कार्यक्रमहरु राजधानीमा र प्रदेशस्तरमा समेत सम्पन्न गर्दे आइरहेको जानकारी दिए ।

उक्त प्रशिक्षण कार्यक्रममा भन्सार विभागकातर्फबाट निर्देशक ज्ञानेन्द्र ढकाल, आन्तरिक राजश्व विभागबाट निर्देशक सुर्यप्रसाद पोखरेल तथा राजश्व अनुसन्धान विभागका निर्देशक शिव शर्माले प्रशिक्षण दिनु भएको थियो । त्यसैगरी नाडाकातर्फबाट सि.ए साहिल अग्रवालले प्रशिक्षण दिएक थिए ।

सो कार्यक्रममा नाडाका कूल ४६ सदस्य कम्पनीहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रममा नाडाका अध्यक्ष दुलालले प्रमुख अतिथी तथा भन्सार विभागका महानिर्देशक सुमन दाहाललाई मायाको चिनो प्रदान गरेका थिए । त्यसैगरी, अध्यक्ष दुलालले सो कार्यक्रममा सहभागी ४६ जना प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र समेत वितरण गरेका थिए ।

उक्त कार्यक्रममा नाडाका उपाध्यक्ष श्री करण चौधरी, महासचिव सुनिल रिजाल, सचिव अनुुप बराल, कोषाध्यक्ष सुरेन्द्र कुमार उपे्रती, सहकोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रिय कार्यसमिती सदस्यहरु ­ अभिक ज्योती, धुव्र बहादुर थापा, सुरज भट्टराई र कपिल सिवाकोटी समेतको उपस्थिति रहेको थियो ।

स्रोत : हाम्रोखबर

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram