NarayaniPost.com
आइतवार, फाल्गुन १३, २०८०

सुन लुटपाटमा संलग्न : २ जना पक्राउ

नारायणी पोस्ट
मङ्लबार, माघ १३, २०७७

२०७७ माघ १३ गते

काठमाडौं । सुनका गरगहना समेतका धनमाल लुटपाटमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दरबारमार्गस्थित आधिँखोला दोहोरी साँझमा काम गर्ने बझाङ जयपृथ्वी नगरपालिका-१ घर भई नयाँबानेश्वर बस्ने २१ वर्षीय सुनिल बहादुर सिंह र सोही दोहोरी साँझमा चालकको काम गर्ने सिन्धुपाल्चोक साँगा चोकगढी घर भई हाल कोटेश्वर बस्ने ३४ वर्षीय कृष्ण बहादुर श्रेष्ठ रहेका छन् ।

काठमाडौं स्युचाटार बस्ने ४२ वर्षीय पुरुषको माघ १० गते राति धनमाल लुटपाट भएको घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुबाट करिब सवा ३ तोलाको १ थान सुनको सिक्री, करिब २ तोलाको १ थान सुनको औठी, हात्तीको पुच्छर भएको करिब साढे १ तोलाको १ थान सुनको ब्रासलेट र उक्त दोहोरी साँझको बा.३ च ६६४९ नम्बरको मारुती कार प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

स्रोत : रातोपाटी

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram