२०७७ माघ २५ गते
काठमाडौं । कैलालीमा एक वडा सदस्यको कोठामा उनकी प्रेमिकाले आ’त्महत्या गरेकी छन् । जिल्लको गौरीगंगा नगरपालिका-३ का वडा सदस्य निरज चौधरीले अर्कै युवतीलाई भगाएर ल्याएपछि उनले निरजकै कोठामा झुण्डिएर आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।
कैलाली प्रहरीका अनुसार मृतक २२ बर्षीया अन्जिता चौधरी वडा सदस्य निरजबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको खुलेको छ । तर निरजले शनिबार अर्कै युवतीलाई ल्याएका थिए । त्यसपछि गएराति नै अन्जिता र उनको परीवार निरजको कोठामा पुगेको स्थानीयलाई उदृत गर्दै प्रहरीले जनाएको छ । त्यसक्रममा निरजले अन्जितासँगै अर्की युवती दुवैलाई श्रीमततिको रुपमा स्वीकारेर राख्ने सर्तमा त्यही परीवारले छोडको बताइएको छ ।
तर बेलुका नै निरज र अर्की युवती भागेपछि अन्जिताले कोठमा आत्महत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ । बिहान अन्जिताको शव कोठामा चुक्कुल लगाएर झुण्डिएको अवस्थामा भेटिएको प्रहरीको भनाइ छ ।
अहिले वडा सदस्य निरज चौधरी र अर्की युवती फरार रहेका छन् । राति नै अन्जिताले परिवारलाई उनीहरु भागे भन्दै फोन गरेकी थिइन् । तर बिहान उनको शव झुण्डिएको अवस्थामा भेटिएको हो ।