NarayaniPost.com
बिहिबार, असार २८, २०८०

भागरथीको शवसँगै भेटिएको मोबाइलमा भारतीय सीम कार्ड, डाटा रिकभर गरिँदै

नारायणी पोस्ट
आइतवार, माघ २५, २०७७

२०७७ माघ २५ गते

काठमाडौँ । मृत्त फेला परेकी बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टले घटनाको दिन भारतीय सीम कार्ड प्रयोग गरेको खुलेको छ । भागरथीको शवसँगै भेटिएको मोबाइलमा भारतीय सीम कार्ड फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले रातोपाटीलाई बताए ।

प्रहरीका अनुसार भारतीय सीम कार्ड उनका दाईले भारत बसेर फर्कँदासँगै ल्याएको र उनले प्रयोग गर्दै आएको नेपाली सिमकार्ड घटना भएको दिन घरमा नै फेला परेको छ ।

प्रहरीले फेला घटनास्थलमा फेला परेको मोबाइल र नेपाली सीमकार्ड दुवैको डाटा ‘रिकभर’ गरिने प्रहरीले जनाएको छ । मोबाइलबाट डिलिट भएका सबै म्यासेज, अडियो–भिडियो र कलको सबै विवरण निकाल्न प्रहरीले मोबाइल ‘रिकभर’ गरिरहेको हो।

एसएसपी सिंहले सीमकार्ड भारतीय भएकोले थप अनुसन्धानका लागि भारतीय प्रहरीको सहयोगमा कल डिटेल निकाल्न आवश्यक पहल थालिएको बताए ।

दोगडाकेदार क्षेत्र सीमा नाका नजिक भएकाले भारतीय नेटवर्कले काम गर्ने गरेको छ। सोही कारण त्यहाँका अधिकांश स्थानीयले भारतीय सीमकार्ड प्रयोग गर्ने गरेका छन्।

बुधबार सनातन धर्म उच्चमाविमा कक्षा १२ मा अध्ययनरत १७ वर्षीय भागरथी स्कुलबाट फर्कने क्रममा हराएकी थिइन् । बिहीबार उनी पढ्ने विद्यालयबाट करिब ३ किलोमिटरको दूरीमा उनको शव भेटिएको थियो ।

उनको हत्यामा संलग्न आरोपीहरु अहिलेसम्म पक्राउ परेका छैनन् । यस विषयमा सुक्ष्म रुपमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता इन्सपेक्टर जनक धानीले बताए ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram