२०७७ माघ २५ गते
नारा लगाउने क्रममा 'केपी ओली वी हेट यू' भन्ने नारा लगाइएको छ । केही दिन अघि केपी ओली 'आइ लभ यू' वाला नारा भाइरल भएको थियो । त्यसकाे काउन्टरमा आज दाहाल-नेपाल पक्षका विद्यार्थीहरुले भने केपी ओली 'वी हेट यू' भन्ने नारा लगाएका छन् ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल नेपाल समूहको विद्यार्थी संगठनले प्रतिनिधि सभा विघटनको विरुद्ध प्रधानमन्त्री कार्यलय सिंहदरबारमामा ज्ञापन पत्र बुझाउने क्रममा नाराजुलुस गरेका छन् ।
नारा लगाउने क्रममा 'केपी ओली वी हेट यू' भन्ने नारा लगाइएको छ । केही दिन अघि केपी ओली 'आइ लभ यू' (म तिमीलाइ माया गर्छु) वाला नारा भाइरल भएको थियो । त्यसकाे काउन्टरमा आज दाहाल-नेपाल पक्षका विद्यार्थीहरुले भने केपी ओली 'वी हेट यू' (हामी तिमीलाइ घृणा गर्छाै) भन्ने नारा लगाएकाे छन् । त्यस्तै उनीहरुले प्रतिगनम मुर्दाबाद, संसद् विघटन खारेज गर जस्ता नाराहरु लगाएका थिए ।