NarayaniPost.com
शुक्रबार, असार २९, २०८०

चितवनमा ६९७३ जनाले लगाए कोरोना खोप

नारायणी पोस्ट
आइतवार, माघ २५, २०७७

२०७७ माघ २५ गते

चितवन । चितवनमा ६ हजारभन्दा बढीले कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स तथा शववहान चालक, सुरक्षाकर्मी, महिला स्वंयसेविका, कैदी बन्दी, वृद्धवृद्धा गरेर ६ हजार ९ सय ७३ जनाले कोरोना खोप लगाएका छन् । माघ १३ गतेबाट सुरु भएको खोप अभियान माघ २४ गतेसम्म चलेको थियो ।

जिल्लामा तोकिएको लक्षित समूह मध्ये ९२.३३ प्रतिशतले कोरोना खोप लगाएका छन् । पहिलो चरणको खोप कार्यक्रममा ३९ सय महिला र ३ हजार ७३ पुरुष सहभागी भए । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारीका अनुसार ४ हजार ५ सय ९६ स्वास्थ्यकर्मी, १ हजार ४१ सफाइकर्मी, एम्बुलेन्स एवं शववहान चालक ९६, शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी ६० जना, महिला स्वंयसेविका २७५ जना, विभिन्न आश्रमका असहाय २२२ जना, कैदीबन्दी ६८३ जनाले कोरोनाको खोप लगाएका छन् ।

शनिबारसम्म भरतपुर अस्पतालको केन्द्रबाट तीन हजार ७२९ ले खोप लगाए । पूर्वी चितवनको रत्ननगर बकुलहर अस्पतालबाट ४००, बघौडा अस्पताल माडीबाट ८९, चितवन मेडिकल कलेजबाट एक हजार ४०, कलेज अफ मेडिकल साइन्सेजबाट ८०८, चितवनतर्फ देवघाटको वृद्धाआश्रम १८९ र भरतपुर कारागार कार्यालय चितवनबाट ६८३ जनाले खोप लगाएका हुन् ।

सुरुमा खोप लगाउन हिच्किचाएपछि पछिल्लो दिनमा भने संख्या बढेर एकैदिन खोप लगाउने एक हजार २५७ सम्मले खोप लगाएका थिए । दोस्रो चरणमा दीर्घरोगी, छुटेका स्वास्थ्यकर्मी, वृद्धवृद्धालाई खोप लगाउने कार्यक्रम छ ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram