NarayaniPost.com
सोमवार, साउन १, २०८०

आन्तरिक उडानमा नेपाल एयरलाइन्सको नयाँ तालिका कुन कुन विमानस्थलमा जान्छ जहाज ?

नारायणी पोस्ट
सोमवार, माघ २६, २०७७

२०७७ माघ २६ गते

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आन्तरिक उडानका लागि नयाँ तालिका सार्वजनिक गरेको छ । कम्पनीका अनुसार आन्तरिकतर्फ फेब्रुअरी महिनाका लागि हुने उडान तालिका तय भएको हो । यसअनुसार कम्पनीले काठमाडौं र नेपालगन्जलाई आधार विमानस्थल मानि विभिन्न आन्तरिक गन्तब्यमा उडान गर्ने भएको छ । नेपाल एयरलाइन्सले अहिले दुर्गम भेगका विमानस्थलमा मात्र उडान गरिरहेको छ ।

कम्पनीसँग टि्वनअटर दुई वटा विमानमात्र आन्तरिक उडानमा उडानयोग्य अवस्थामा छन् । सोहीकारण सुगमका विमानस्थलमा निजी कम्पनीको मात्र उडान रहेको छ । तालिका अनुसार काठमाडौंबाट भोजपुर सातामा पाँच दिन (आइत, सोम, मंगल, बिही र शुक्रबार) उडान हुने छ ।

काठमाडौंबाट दाङका लागि समेत पाँच (सोम, बुध, बिही, शुक्र र शनिबार) उडान हुने छ । काठमाडौं-ताप्लेजुङ रुटमा भने साताको तीन -मंगलर, बुध र शनिबार) उडान उडान हुनेछ । काठमाडौं-खानिडाँडा रुटमा बुध र शनिबार जहाज उड्ने भएको छ ।

काठमाडौं-रुकुम आइतबार र बिहीबार, काठमाडौं-थामखर्कमा बुधबार र बिहीबार, काठमाडौं-फाप्लु आइतबार जहाज उड्ने गरी तालिका बनाइएको छ । ती गन्तब्यबाट सोही दिन जहाज यात्रु लिएर काठमाडौं फिर्ता हुनेछ ।

उता, नेपालगन्जबाट रुकुमका लागि सोमबार र बिहीबार, डोल्पा, जुम्ला, साँफेबगरमा आइतबार उडान हुनेछ । नेपालगन्जबाट सिमकोट र ताल्चामा सोमबार तथा बाजुराका लागि बिहीबार उडान राखिएको कम्पनीले जनाएको छ ।
स्रोत : अन्लाईनखबर

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram