NarayaniPost.com
शुक्रबार, असार २९, २०८०

बजारमा तरलता अभावको अवस्था आउनसक्ने

नारायणी पोस्ट
मङ्लबार, माघ २७, २०७७

२०७७ माघ २७ गते

काठमाडौं । निक्षेप संकलनभन्दा ऋण लगानी बढ्न थालेपछि बजारमा तरलताको समस्या उल्टो बाटोमा जाने देखिएको छ । अहिलेसम्म अधिक तरलताको समस्यामा रहेका बैङ्कहरु ऋणको माग धमाधम आउन थालेपछि निकट भविष्यम्र तरलता अभावको अवस्था आउनसक्ने बैङ्करहरुले विश्लेषण गरेका हुन् ।

माघ महिनाको पहिलो ३ सातासम्म वाणिज्य बैङ्कहरुको कर्जा लगानी निक्षेप संकलन भन्दा २२ गुणा बढी छ । यो अवधिमा करिब ४५ अर्ब रुपैयाँ बराबर थप ऋण लगानी हुँदा निक्षेप संकलन २ अर्ब रुपैयाँ मात्रै भएको हो । योसँगै माघ २३ गतेसम्म वाणिज्य बैङ्कहरुको कुल निक्षेप ३७ खर्ब ८४ अर्ब पुगेको छ । कूल कर्जा लगानी ३२ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ ।

अहिले बजारमा ७५ अर्ब रुपैयाँ बराबरको हाराहारीमा अधिक तरलताको अवस्था छ, यो बैङ्कहरुले जुनसुकै समयमा प्रयोग गर्न मिल्ने पैसा हो । तर, बजारमा ऋणको माग अनुसार यो रकम धेरै भने होइन । यस्तै अवस्था रहे अबको एक डेढ महिनाभित्रै बजारमा तरलता अभावको अवस्था आउनसक्ने बैङ्करहरु बताउँछन् ।

बजारमा लगानीयोग्य पुँजीको अभाव हुने देखेपछि केही बैङ्कहरुले फागुन महिनादेखि लागु हुनेगरी निक्षेपको ब्याजदर बढाउने तयारी समेत गरेका छन् । पर्याप्त तरलता भएका बैङ्कहरुले भने अर्को महिनासम्म धान्नसक्ने अवस्था रहेको बैङ्करहरुको भनाइ छ ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram