NarayaniPost.com
सोमवार, साउन ३०, २०७९

कोक, पेप्सी र बिसलेरीमाथि ७२ करोडको जरिवाना, रामदेवको पतञ्जलीले पनि दिनुपर्नेछ एक करोड

नारायणी पोस्ट
बुधबार, माघ २८, २०७७

२०७७ माघ २८ गते

भारतको केन्द्रीय प्रदुषण नियन्त्रण बोर्डले कोक, पेप्सी र बिसलेरीमाथि करिब ७२ करोड भारुको भारी जरिवाना लगाएको छ । यो जरिवाना प्लास्टिकको फोहोरको डिस्पोजल र कलेक्सनको जानकारी सरकारी बोर्डलाई नदिएको भन्दै लगाइएको हो । बिसलेरीमाथि १०.७५ करोड भारु, पेप्सिको इन्डियामाथि ८.७ करोड र कोका कोलामाथि ५०.६६ करोड भारु जरिवाना लगाइएको हो ।

रामदेवको पलञ्जलीमाथि पनि १ करोड भारुको जरिवाना लगाइएको छ । अर्को एउटा कम्पनीमाथि ८५.९ लाख रुपैयाँ जरिवाना लगाइएको छ । बार्डले १५ दिनभित्र जरिवाना रकम चुक्ता गर्न आदेश लिएका ेछ । प्लास्टिकको फाहोरको मामिलामा एक्सटेन्डेड प्रोड्युसर रिस्पन्सबिलिटी एउटा नीतिगत मापदण्ड हो जसको आधारमा प्लास्टिकको निर्माण गर्ने कम्पनीले उत्पादनको डिस्पोजलको जिम्मेवारी लिनुपर्ने हुन्छ ।

९ महिनामा बिसलेरीको फोहोर २१ हजार ५ सय टनः

बिसलेरीको प्लास्टिकको फोहोर करिब २१ हजार ५ सय टन रहेको छ । यसमाथि ५ हजार भारु प्रति टनको हिसाबले जरिवाना लगाइएको छ । पेप्सीसँग ११,१९४ टन प्लास्टिकको फोहोर छ । कोका कोलासँग ४,४१७ टन प्लास्टिकको फोहोर थियो । यो फोहोर जनवरीदेखि सेप्टेम्बर २०२० बीचको थियो । एजेन्सी

आन्य समाचारहरु:-
August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

July 1, 2022
हेटौंडा-५ मा मोटरसाइकल दुर्घटना

हेटौंडा । हेटौंडा उपमहानगर ५ मा दुर्घटना भएको छ ।  दुइवटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा मा ३ जना घाइते भएका छन् । ना ५१ प ७३५९ निलो पल्सर पिप्लेबाट बजार आउदै गरेको निलो पल्सर र हेटौंडा बाट पिप्ले जाँदै गरेको बा प्र ३ -००४ प १५९९ नम्बर को एन एस […]

June 10, 2022
ऑंबुखैरेनिमा कार र मोटरसाइकिल खसेको ठाउँमा दुइ पुरुषको शव भेटियो

सडक भासिएको मस्र्याङ्दी नदी किनारमा दुई पुरुषको शव फेला भेटिएको छ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा आज बिहान ४ बजे भासिएको सडकबाट बा१० च४६४९नम्बरको कार र मोटरसाइकिल खसेको थियो। मोटरसाइकलमा सवार पुरूष भने सवारी फालेर ज्यान जोगाएका थिए भने कारमानिससहित पहिरोमा खसेको प्रहरीले बताएको छ। लामो जामका कारण यात्रुको बिचल्ली भएको छ। लामो […]

May 29, 2022
मुस्ताङको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको जहाज

१५ जेठ, चितवन । पोखराबाट जोमसोम उडेर सम्पर्कविहीन भएको जहाज मुस्ताङ जिल्लाको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी आएको छ।म्याग्दी जिल्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि रानाका अनुसार मुस्ताङ जिल्लाको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा जहाज भेटिएको र थप जानकारी आउन बाँकी रहेको छ।तारा एयरको ९ एनएईटी टि्वनअटर विमान दुर्घटनामा परेको हो।विमानमा ४ जना भारतीय नागरिकसहित ६ जना विदेशी […]

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram