२०७७ माघ २८ गते
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनको विरोधमा दाहाल(नेपाल पक्षले अहिले राजधानीमा आमसभा गरिरहेको छ। आमसभामा विभिन्न १४ वक्ताले बोल्ने कार्यक्रम छ । बोल्ने क्रममा केन्द्रीय सदस्य रामकुमारी झाँक्रि भने अन्य वक्ता भन्दा फरक पहिरनमा ड्यासमा पुगेकी छन्।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनको विरोधमा दाहाल(नेपाल पक्षले अहिले राजधानीमा आमसभा गरिरहेको छ।
आमसभामा विभिन्न १४ वक्ताले बोल्ने कार्यक्रम छ । बोल्ने क्रममा केन्द्रीय सदस्य रामकुमारी झाँक्रि भने अन्य वक्ता भन्दा फरक पहिरनमा ड्यासमा पुगेकी छन्।
प्रतिगमन मुर्दावाद लेखिको कपडा लगाएर बसेकि झाँक्री कार्यक्रम सञ्चालक लीलामणि पोखरेलले बोल्न नाम डाकेपछि अगाडी पुगेर प्रतिगमन मुर्दावाद कपडा शरीरबाट निकालेर फालेकी थिइन्।
उनी बोल्न माइक छेउ पुग्दा जब मास्क फुकालिन् उनको मुखमा कालो टेप टासिएको थियो ।
उनले टेप निकालेर भनिन्, बोल्न पाइन्छ। हामीले ल्याएको व्यवस्थामा बोल्न पाइन्छ । हामी बोल्न जन्मिएका हौं। नागरिको मुखका टेप टासिएको छैन ।
उनले बोल्दै आफूले केही दिन अघि गरेको विवादास्पद वक्तव्यको स्पष्टिकरण दिएकि थिइन् । संस्थाको कुनै लिंग हुँदैन। त्यो सार्वजनिक हुन्छ,’ झाँक्रीले भनिन्,‘प्रधानमन्त्री ओलीको प्यादा बन्ने व्यक्तिको विरोध गर्न पाइन्छ।’