२०७७ माघ २९ गते
महानगरीय अपराध महाशाखाले नेपाल कम्युनिष्ट पार्टीको दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई सोधपुछको लागि कार्यलय बोलाएको छ।
काठमाडौं । महानगरीय अपराध महाशाखाले नेपाल कम्युनिष्ट पार्टीको दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई सोधपुछको लागि कार्यलय बोलाएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिमा रामकुमारी झाँक्रीलाई सोधपुछ गर्न बोलाइएको महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए ।
उनलाई आज बिहान १० बजे कार्यलयमा उपस्थित हुन् भनिएको छ ।
राष्ट्रपति जस्तो सम्मानित संस्थाविरूद्ध अनर्गल प्रचार गर्ने काम गरेकाले उनलाई सोधपुछका लागि बोलाइएको एसएसपी थापाले बताए।
यसअघि झाँक्रीले गोरखा सिरानचोकमा आयोजित एक कार्यक्रममा राष्ट्रपति भण्डारीको सेतो सारी र सक्रिय राजनीतिबारे चर्को आलोचना गरेकि थिइन् । उनले भनेकी थिइन्रा,राष्ट्रपतिका कुरा त के गर्नु र! बडामहारानीले चुनाव हुन्छ भन्नुभएछ। बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु। शीतल निवासको कारगेट छाडेर कोटेश्वर फर्किए हुन्छ। चाबहिल हो कि कता घर छ रे। त्यता पनि नभए बालकोट नै गए पनि हुन्छ।'
झााक्रिकाे यस्ताे अभिव्यक्तिलाइ लिएर प्रहरीमा उजुरी समेत परेकाे थियाे ।