विदेश जाँदा महिलाले वडा कार्यालयको सिफारिस लिनुपर्ने कुनै निर्णय भएको छैन : अध्यागमन
नारायणी पोस्ट
बिहिबार, माघ २९, २०७७
२०७७ माघ २९ गते
काठमाडौँ । महिलाले एक्लै विदेश जाँदा परिवारको सहमति र वडा कार्यालयको सिफारिस चाहिने व्यवस्था हुन लागेको भनी आएका समाचारहरुमा सत्यता नरहेको अध्यागमन विभागले जनाएको छ ।
जोखिम सम्भाव्य मुलुकमा पहिलोपटक भ्रमणमा जान चाहने महिलाले परिवारको सहमति र स्थानीय वडाको सिफारिस चाहिने व्यवस्था गर्नका लागि कार्यविधि संशोधन गर्न लागेको भनेर सञ्चार माध्यमहरुमा समाचार आएको थियो । त्यसप्रति ध्यानाकर्षण भएकाे विभागले जनाएकाे छ ।
तर विभागले ती समाचारहरु भ्रामण रहेको भन्दै बिहीबार (आज) उक विज्ञप्ति जारी गरी खण्डन गरेको छ । विभागले सबै विदेशी मुलुक जाँदा नभएर खाडी र अफ्रिकी मुलुकजस्ता जोखिम सम्भाव्य मुलुकमा पहिलोपटक एक्लै यात्रा गर्ने र आफ्नो यात्राबारे सामान्य जानकारीसमेत नभएका महिलाका लागि आवश्यक पर्न सक्ने विषयमा नयाँ व्यवस्था गर्न सक्नेबारे अनौपचारिक छलफल मात्र भइरहेको प्रस्ट पारेको छ ।
‘यस्ता सार्वजनिक विषयहरूमा निर्णय गर्दा संविधानप्रदत्त अधिकार, विश्वव्यापी मान्यता, आम जनताको धारणा र कार्यान्वयन सहजतासमेत हेरी नागरिको मौलिक अधिकार कुण्ठित नहुने गरी निर्णय हुने बेहोरोसमेत सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ विभागद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
हेटौंडा । हेटौंडा उपमहानगर ५ मा दुर्घटना भएको छ । दुइवटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा मा ३ जना घाइते भएका छन् । ना ५१ प ७३५९ निलो पल्सर पिप्लेबाट बजार आउदै गरेको निलो पल्सर र हेटौंडा बाट पिप्ले जाँदै गरेको बा प्र ३ -००४ प १५९९ नम्बर को एन एस […]
सडक भासिएको मस्र्याङ्दी नदी किनारमा दुई पुरुषको शव फेला भेटिएको छ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा आज बिहान ४ बजे भासिएको सडकबाट बा१० च४६४९नम्बरको कार र मोटरसाइकिल खसेको थियो। मोटरसाइकलमा सवार पुरूष भने सवारी फालेर ज्यान जोगाएका थिए भने कारमानिससहित पहिरोमा खसेको प्रहरीले बताएको छ। लामो जामका कारण यात्रुको बिचल्ली भएको छ। लामो […]
१५ जेठ, चितवन । पोखराबाट जोमसोम उडेर सम्पर्कविहीन भएको जहाज मुस्ताङ जिल्लाको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी आएको छ।म्याग्दी जिल्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि रानाका अनुसार मुस्ताङ जिल्लाको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा जहाज भेटिएको र थप जानकारी आउन बाँकी रहेको छ।तारा एयरको ९ एनएईटी टि्वनअटर विमान दुर्घटनामा परेको हो।विमानमा ४ जना भारतीय नागरिकसहित ६ जना विदेशी […]
चितवन,३१ बैशाख । चितवनमा माओवादी केन्द्रले खाता खोलेको छ । इच्छाकामना गाँउपालिका १ मा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका सन्तबहादुर राना विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवारलाई १० मतको झिनो अन्तरमा पराजित गरेका हुन् ।