NarayaniPost.com
आइतवार, साउन ७, २०८०

मुस्ताङमा ड्रोन क्यामेरासहित विदेशी नागरिक पक्राउ

नारायणी पोस्ट
बिहिबार, माघ २९, २०७७

२०७७ माघ २९ गते

जोमसोम : हिमाली जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ मुक्तिनाथमा ड्रोन क्यामेरा उडाउँदै गरेका एक विदेशीसहित ३ जना नेपाली नागरिकलाई जिल्ला प्रहरी कार्यालय मुस्ताङले पक्राउ गरेको छ ।


नेपाल नागरिक उड्ययन प्राधिकरणको दर्ताबिना र संरक्षित क्षेत्रमा स्थानीय प्रशासनको अनुमतीबिना मानवरहित हवाई उपकरण ड्रोन क्यामेरा उडाएको भन्दै इलाका प्रहरी कार्यालय मुक्तिनाथको प्रहरी टोलीले अमेरिकी नागरिक वर्ष २८ का जेम्स राईसहितका अरु ३ जना नेपाली पक्राउ गरेको हो।


ड्रोन क्यामेरासहित पक्राउ परेका अमेरिकी नागरिक राईको पोसपोर्ट नंम्बर ५९८९२२०४५ रहेको छ । अमेरिकाबाट ३० दिनको भिसा लिइ नेपाल आएका राईसहित अरु ३ नेपाली मोटरसाइकल चढेर मुस्ताङ आएका थिए ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङले अमेरिकी नागरिक राईले प्रयोगको ७५० ग्राम वजनको मानवरहित हवाई उपकरण ड्रोन जफत गरेको छ भने पक्राउ परेका राईसहित अन्य ३ जनालाई सामान्य सोधपुछपछि छोडिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीले जानकारी दिए । पक्राउ परेका उनीहरुले मुक्तिनाथ दर्शन गर्ने क्रममा मनोरञ्जनका लागि ड्रोन उडाएको प्रहरी समक्ष बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङले जफत गरिएको ड्रोन क्यामेरा बिहिबार जोमसोम नागरिक उड्ययन कार्यालयमा बुझाउने बताएको छ । कृषि ,शिक्षा,स्वास्थ्य,वन तथा वातावरण ,कलासंस्कृति ,मनोरञ्जन ,विकास तथा पिपद् व्यवस्थापन ,सुरक्षा तथा आम संञ्चार जस्ता बिषयमा अध्ययन अनुसन्धान,सूचना सम्प्रेषण र सर्वेक्षण आदीका लागि ड्रोन उपयोग गर्ने व्यक्ति ,संघ र संस्था लगायतका निकायले नागरिक उड्डयन प्राधिकरणको अनुमती लिनु पर्ने हुन्छ ।

एक वर्ष उपल्लो मुस्ताङमा निशेधित तथा नियन्त्रित क्षेत्रमा ड्रोन उडाएको भन्दै स्थानीय प्रशासनले एक चिनिया नागरिकलाई पक्राउ गरी ड्रोन जफत गरिएको थियो । यस्तै उपल्लो मुस्ताङमा ड्रोन उडाएकोमा नेपाली कथानक चलचित्र सम्हालिन्छ कहिले मन युनिटको ड्रोन जफत गरिएको थियो ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram