NarayaniPost.com
सोमवार, साउन १, २०८०

म्याद नाघेका औषधिमा नयाँ लेबल लगएर पुन: बिक्री

नारायणी पोस्ट
शुक्रबार, माघ ३०, २०७७

२०७७ माघ ३० गते

विराटनगर : विक्रम मण्डल औषधि व्यवसायी हुन्। उनले विराटनगर–१० स्थित न्युरो अस्पतालनजिकै ‘हाम्रो फ्रेन्डसिप फार्मेसी’ चलाएका छन्। २६ वर्षीय मण्डलले औषधि भण्डारण गरेका गोदामबाट ‘भेसोप्रेसिन इन्जेक्सन’ बरामद गरियो।

प्रसूति व्यथा लागेकालाई यो इन्जेक्सन दिँदा बच्चा जन्माउन सहज हुन्छ। औषधिमा टाँसिएको म्यादअनुसार सन् २०१९ सेप्टेम्बरसम्म मात्रै यो प्रयोग गर्न मिल्थ्यो तर विक्रमले नयाँ मितिसहितको ‘लेबल’ राखेर बिक्री गरिरहेको पाइयो। अनुसन्धानमा म्याद नाघेको इन्जेक्सनको पुरानो ‘लेबल’ हटाउँदै उनले ‘रि–लेबल’ गरेको तथ्य खुल्यो। नयाँ टाँसिएको मितिअनुसार औषधि सन् २०२३ सम्म प्रयोग गर्न मिल्छ।

तर, भारतमा बन्ने उक्त औषधिको म्याद सकिइसकेकाले अब प्रयोग गर्न मिल्दैन। उनको गोदाममा उच्च रक्तचापका बिरामीले प्रयोग गर्ने ‘लेबिटालोल इन्जेक्सन’ पनि भेटियो। औषधि व्यवस्था विभागका अनुसार यो औषधिको म्याद सन् २०२० सेप्टेम्बरसम्म थियो। तर, उनले औषधिलाई ‘री–लेबल’ गरेर सन् २०२२ सम्म प्रयोग गर्न मिल्ने बनाइदिए।

क्यान्सरका बिरामीलाई दुखाइ कम गर्न दिइने ‘ट्रामाडोल इन्जेक्सन’ र उच्च रक्तचापका बिरामीले प्रयोग गर्ने ‘भेरापामिल इन्जेक्सन’ पनि यस्तै अवस्थामा भेटियो। यी दुवै औषधि प्रयोगको समयसीमा कटिसक्यो। तर, दुवैमा पुरानो ‘लेबल’ हटाएर नयाँ लेबल लगाइएको छ। अहिले लगाइएको नक्कली स्टिकरमा दुवै औषधि आगामी दुई वर्षसम्म प्रयोग गर्न मिल्ने देखिन्छ।

यसरी नै विक्रमले धेरै प्रकारका औषधिमा ‘री–लेबल’ गरी दुईदेखि चार वर्षसम्म म्याद बढाएर पसलमा बेचेको पाइयो। विराटनगर–५ का विक्रम र उनका दाजु २९ वर्षीय विकास मिलेर फार्मेसी चलाएका हुन्। यी दाजु–भाइले रामप्रसाद साहको घरमा सञ्चालन गरेको औषधि भण्डारणमा सोमबार राति प्रहरीले छापा मारेको थियो।

म्याद सकिएको र नेपालमा प्रतिबन्धित विभिन्न औषधिसहित विक्रमलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए। भाइ पक्राउ परेपछि उनका दाजु विकास फरार भए।

प्रहरीले उनको खोजी तीव्र पारेको जनाएको छ। बरामद अवैध औषधिसहित मण्डललाई आवश्यक कारबाहीका लागि विभागको जिम्मा लगाइएको एसपी खड्काले जानकारी दिए।

प्रहरीले गोदामबाट ७९ प्रकारका औषधि बरामद गरेको छ। बरामद गरिएका औषधिको मूल्य १० लाख तीन हजार एक सय ८० रुपैयाँबराबर छ। बरामद औषधि म्याद सकिएका, नेपालमा प्रयोग गर्न प्रतिबन्ध लगाइएका र अखाद्य छन्।

नयाँ लेबल बनाउन प्रयोग गरिने एचपी कम्पनीको ‘लेबल प्रिन्टर्स मेसिन’समेत प्रहरीले बरामद गरेको छ। मेसिनबाट विक्रमले औषधि उत्पादक कम्पनीले बनाएजस्तै हुबहु ‘लेबल’ आफैं बनाउँथे। अनि म्याद सकिएका औषधिमा राखेर बिक्री गर्ने गरेको अनुसन्धानमा खुलेको छ।

विभागका विराटनगर प्रमुख सञ्जीव कट्टेलले बरामद औषधिमा ‘इन्जेक्सन आइटम’ धेरै, केही ट्याब्लेट र झोलजन्य औषधि रहेको बताए। प्रायःले ‘लेबल’ हेरेर चुस्तदुरुस्त देखेपछि औषधि किन्ने गरेको बताउँदै उनले भने, ‘सर्वसाधारणलाई झुक्याएर धमाधम यस्ता औषधि बेचिरहेको भेटियो। प्रयोग नै गर्न नमिल्ने यस्ता औषधिले निको हुनुको साटो झन् अवस्था गम्भीर बनेर बिरामीको ज्यान नै जानसक्छ।’ पैसा कमाउने ध्याउन्नमा फार्मेसी सञ्चालक लाग्दा कैयौं बिरामीको ज्यान जोखिममा पर्न सक्छ।

रेम्डेसिभिरको नाममा नक्कली औषधि

पक्राउ परेका मण्डलले कोरोना संक्रमितको उपचारमा प्रयोग गरिँदै आएको कोबिफोर (रेम्डेसिभिर) नाम दिएर नक्कली औषधि बेच्ने गरेको पाइएको छ। अरू नै औषधिमा रेम्डेसिभिरको ‘लेबल’ राखेर संक्रमितलाई बेच्ने गरेको पुष्टि भएपछि थप प्रमाण जुटाउन नमुना संकलन गरी परीक्षणका लागि राष्ट्रिय प्रयोगशालामा पठाइएको कट्टेलले जानकारी दिए। परीक्षणको रिपोर्ट आइसकेपछि मात्रै रेम्डेसिभिर नाम दिएर बिरामीलाई झुक्याउँदै मण्डलले कुन औषधि बिक्री गरिरहेका थिए भन्ने खुल्नेछ।

नक्कली रेम्डेसिभिर प्रयोगको म्याद सन् २०२० बाट २०२२ सम्म रहेको देखाइएको छ। उनले रेम्डेसिभिरको ‘लेबल’ लगाएर अर्कै औषधि बेचेकाले कतिपय कोरोना संक्रमितको ज्यान नै गएको हुनसक्ने भएकाले त्यसतर्फ पनि अनुसन्धान केन्द्रित गरिएको कट्टेलले बताए।

जथाभावी रूपमा ‘री–लेबल’ गर्दा एउटा रोगका बिरामीलाई अर्कै औषधि पर्न सक्ने बताउँदै कट्टेलले भने, ‘उच्च रक्तचापका बिरामीलाई क्यान्सरको औषधि दिए अवस्था के होला ?’ यसै सम्बन्धमा पनि केही प्रमाण फेला परेका छन्।

‘एउटा रोगको औषधिमा अर्कैको ‘लेबल’ लगाउनु ठूलो अपराध हो। जुन रोग हो, त्यसकै औषधि दिँदा मात्रै बिरामी निको हुने र अर्कै औषधि परेमा ज्यान नै जाने हुन्छ’, कट्टेलले भने। त्यसैले मण्डलले चाँडै धनी बन्न अरू कुन–कुन ठाउँमा यस्ता गलत औषधि बिक्रीका लागि पठाए भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको उनले बताए। विकासलाई गत वर्ष विभागले नियन्त्रणमा लिएको थियो।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram