NarayaniPost.com
बुधबार, असार २७, २०८०

मौद्रिक नीतिको समीक्षा आगामी साता, केही नीतिहरुमा परिर्वतनको तयारी

नारायणी पोस्ट
शुक्रबार, माघ ३०, २०७७

२०७७ माघ ३० गते

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/७८ का लागि ल्याएको मौद्रिक नीतिको अर्धवाषिर्क समीक्षा आगामी साता गर्ने भएको छ । केन्द्रीय बैंकले हरेक वर्ष ल्याउने मौदि्रक नीतिको आवश्यकता अनुसार त्रैमासिक रुपमा समीक्षा गर्दै आएको छ ।

कोरोना महामारीकैबीच आएको चालु आर्थिक वर्षको मौदि्रक नीतिको अर्धवाषिर्क समीक्षा फागुन पहिलो साता गर्ने तयारी भइरहेको राष्ट्र बैंकले बताएको छ । पहिलो त्रैमासमा गरिएको समीक्षामा राष्ट्र बैंकले खासै नयाँ नीतिहरु ल्याएन । त्रैमासिक समीक्षामा पुरानै नीतिहरुलाई निरन्तरता दिए पनि अर्धवाषिर्क समीक्षामा केहि नयाँ आउँछ भन्ने सरोकारवालाहरुको अपेक्षा छ ।

राष्ट्र बैंक श्रोतका अनुसार सेयर बजारका लागि असर गर्न सक्ने केही नीतिहरु भने परिर्वतनको तयारी भइरहेको छ । अर्थतन्त्रको ऐना मानिने सेयर बजारका विषयमा कुन-कुन नीतिहरु परिवर्तन गर्न सकिन्छ भन्ने विषयमा राष्ट्र बैंक छलफलमा जुटेको छ ।

मार्जिन लेन्डिङ (सेयर धितो कर्जा) मा केहि कडाइको नीति लिने राष्ट्र बैंकको तयारी छ । त्रैमासिक समीक्षामा नै राष्ट्र बैंकले सेयर धितो कर्जा सम्बन्धी विद्यमान व्यवस्थामा परिवर्तन गर्ने उल्लेख गरेको थियो । सेयर लगानीकर्ताहरुले विरोध गरेपछि राष्ट्र बैंकले केही गरेन । यस पटक भने मार्जिन लेन्डिङको सीमा घटाउने तयारीमा राष्ट्र बैंक रहेको छ ।

उता लघुवित्तहरुको लाभांशमा गरिएको कडाइ भने केहि फुकुवा गर्ने विषयमा पनि छलफल भइरहेको राष्ट्र बैंक बताउँछ । अहिले लघुवित्तहरुले २० प्रतिशत भन्दा बढी लाभांश दिने भए ग्राहक संरक्षण कोष र २५ प्रतिशतले हुने रकम सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने व्यवस्था रहेको छ । यसलाई खुकुलो बनाउने गर्नेगरी छलफल भइरहेको राष्ट्र बैंक श्रोत बताउँछ ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram