NarayaniPost.com
मङ्लबार, साउन २, २०८०

बेरोजगारहरुको सूचीमा ७ लाख ४३ हजारभन्दा बढीको नाम दर्ता

नारायणी पोस्ट
शुक्रबार, माघ ३०, २०७७

२०७७ माघ ३० गते

काठमाडौं । नोबेल कोरोना भाइरस (कोभिड–१९) महामारी फैलिए यता १६ माघसम्म ७ लाख ४३ हजार ५ सय ३ जनाले बेरोजगारहरुको सूचीमा नाम दर्ता गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको साप्ताहिक रिपोर्टअनुसार कोभिड–१९ महामारी फैलिएयता १६ माघसम्म ७ लाख ४३ हजार ५ सय ३ जनाले बेरोजगारको सूचीमा नाम दर्ता गरेको देखिएको छ ।

मन्त्रालयका प्रवक्ता भरतमणि पाण्डेका अनुसार बेरोजगारको सूचीमा नाम दर्ता भएकाहरुमा स्वदेशमा उत्पादन भएका बेरोजगार र विदेशबाट फर्किएका सबै नेपाली नागरिकहरु रहेका छन् । न्युज २४ नेपाल टेलिभिजनसँगको कुराकानीमा उनले भने, ‘मन्त्रालयद्वारा जारी साप्ताहिक रिपोर्टमा राखिएको बेरोजगारहरुको सूची दर्ता स्वदेशमा उत्पादन भएका र विदेशबाट फर्किएका बेरोजगार नेपाली नागरिकको संख्या हो ।’

हरेक हप्ताको शुक्रबार मन्त्रालयले साप्ताहिक प्रगति विवरण निकाल्दै आएको छ । तर, यस हप्ताका विदाका कारण आइतबारमात्र प्रगति विवरण निकालिने प्रवक्ता पाण्डेले जानकारी दिए । नाम दर्ता भएका बेरोजगारमध्ये कतिले रोजगारी पाए भन्ने सन्दर्भमा यकिन जानकारी आइनसकेको उनले बताएका छन् ।

मन्त्रालयको साप्ताहिक रिपोर्टअनुसार प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत २२ माघसमम १२ हजार ७ सय २९ जनाले रोजगारी पाएका छन् । माघ १६ सम्म ५ हजार ७ सय २० र १६ देखि २२ सम्मको एक हप्ताको अवधिमा ७ हजार २९ जनाले गरी हालसम्म कुल १२ हजार ७ सय २९ जनाले रोजगारी पाएको साप्ताहिक विवरणमा उल्लेख छ ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram