२०७७ फागुन २ २०७७
पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।
विराटनगर । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । शनिबार साँझ ट्रकले ठक्कर दिँदा साइकलमा सवार बृद्धको ज्यान गएको हो ।
पूर्वतर्फ जाँदै गरेको ना ३ ख ५६९१ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको साइकललाई ठक्कर दिँदा मोरङको लेटाङ नगरपालिका–२ का ६७ वर्षीय रत्नबहादुर श्रेष्ठको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा न्युरो अस्पताल विराटनगरमा ज्यान गएको हो ।