२०७७ फागुन २ गते
भारतमा कोरोना भाइरसविरुद्धको खोप लगाएका थप तीनजनाको मृत्यु भएको छ ।
एजेन्सी । भारतमा कोरोना भाइरसविरुद्धको खोप लगाएका थप तीनजनाको मृत्यु भएको छ ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै भारतीय मिडियाले दिएको जानकारी अनुसार थप तीनजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मध्य प्रदेश, राजस्थान र हरियाणा का ३५, ३८ र ५८ वर्षका व्यक्ति रहेका छन् । उनीहरूले करिब ८–९ दिन अगाडि कोरोना खोप लगाएका थिए ।
यसअघि भारतमा कोरोना खोप लगाएका २४ जनाको मृत्यु भएको थियो । योसँगै कोरोनाविरुद्धको खोप लगाएपछि मृत्यु हुनेको संख्या २७ पुगेको छ ।
तर, उनीहरूको मृत्यु हुनुको कारण खोप लगाउनु नभई अन्य रहेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।