NarayaniPost.com
बुधबार, असार २७, २०८०

संसारको अनौठो गाउँ, जहाँ केवल बलात्कारी मात्र बस्छन्

नारायणी पोस्ट
आइतवार, फाल्गुन २, २०७७

२०७७ फागुन २ गते

काठमाडौं । संसारमा असंख्य गाउँहरु होलान् । तर एउटा गाउँ यस्तो छ, जहाँ सायद कोही मानिसलाई पाइला टेक्न मन लाग्ला ।

संसारकै सबैभन्दा अनौठो गाउँ मानिने यो गाउँमा अरु मानिस जान नचाहनुको कारण पनि निकै अनौठो छ । किनकी उक्त गाउँमा केवल बलात्कारी पुरुषहरु मात्र बस्दछन् ।

बलात्कार जस्तो निकृष्ट अपराधन गर्ने मानिसहरु बस्ने यो गाउँको आसपास समेत कुनैपनि मानिस जान चाहँदैनन् ।

गार्जियन पत्रिकाको रिपोर्ट अनुसार अमेरिकाको फ्लोरिडाबाट २ माइल टाढा पर्ने उक्त गाउँको नाम मिराकल गाउँ हो ।

उक्त गाउँमा २ सय मानिस बस्दछन् । र, गाउँमा बस्ने सबैजना मानिसहरु बलात्कारीहरु हुन् ।

सन् १९६० मा यो गाउँमा बस्ती बसालिएको हो । तर सन् २००९ देखि मात्र यो गाउँलाई बलात्कारी बस्ने गाउँमा रुपान्तरण गरिएको हो ।

सन् २००९ मा स्थानीय पादरी डिक विथ्रोले सो गाउँलाई यौन अपराधीहरुको गाउँका रुपमा परिवर्तन गरिद्यिए । उक्त गाउँमा बलात्कार गर्ने अपराधीहरुलाई राख्न थालियो । बाल यौन दूराचारदेखि लिएर आफ्नै प्रेमिका र अन्य महिलाको समेत बलात्कार गर्ने अपराधीहरु उक्त गाउँमा बस्दछन् । वास्वतमा यो गाउँ एक खालको जेल नै हो । यहाँ बलात्कारको अपराधमा जेल सजायँ पाएका अभियुक्तहरुले आफ्नो सजायँ काट्दछन् ।

उसो त फ्लोरिडामा यौन अपराधको विरुद्धमा निके कडा नियम छ । यौन अपराधीहरुलाई कुनै स्कूल, पार्क, बस स्टप तथा आवासीय इलाकाहरुमा बस्ने अनुमति दिइँदैन । अर्थात् त्यस्ता दोषीहरुलाई सबैबाट टाढा बस्नु पर्दछ । त्यसैले सरकारले यौन अपराधीहरुलाई सुध्रिने अवसर प्रदान गर्न समेत यो गाउँमा बसोबासको अवसर प्रदान गरेको हो । यहाँ बस्ने मानिसहरुले आफ्नो पालनपोषण आफै गर्नु पर्दछ ।

त्यसैले उक्त गाउँमा बस्ने मानिसहरु अपराधी भएपनि आत्मनिर्भर छन् । रिसलाई नियन्त्रण गर्नका लागि बाइबल पढ्ने देखि विभिन्न खाले आत्मसंयमका कक्षाहरु त्यहाँ सञ्चालन गरिन्छ । मनोवैज्ञानिक उपचारको व्यवस्था पनि त्यहाँ गरिएको छ । साथै उनीहरुको गुजाराका लागि स्थानीय स्तरमा स साना जागिरसमेत उपलब्ध गराइएको छ ।

–एजेन्सी

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram