२०७७ फागुन २ गते
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले २०७७ फाल्गुण १ गते वीरगञ्ज स्थित नेप्लिज योङ्ग इन्टरप्रेनर्स फोरम (एनवाईईएफ) वीरगञ्ज च्याप्टरको सहकार्यमा वीरगञ्जमा सेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम कार्यक्रम सञ्चालन गरेको छ ।
उद्योग वाणिज्य संघ वीरगञ्जको सभाहलमा आयोजित कार्यक्रममा करिब २५० जनाको सहभागीता रहेको थियो । कार्यक्रममा उद्योग वाणिज्य महासंघ प्रदेश २ का कार्यकारी सदस्य तथा उद्योग वाणिज्य संघ वीरगञ्जका पूर्व अध्यक्ष अशोक टेमानीले सहभागीहरुलाई सेयर बजारको महत्व र यसमा लगानी गर्दा हुने फाइदाहरुबारे जानकारी दिए ।
कार्यक्रममा प्रभु क्यापिटलका प्रबन्ध सञ्चालक दिनेश थकालीले क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आगामी दिनमा अझै व्यापक रुपमा यस्ता कार्यक्रमहरुलाई देशव्यापी रुपमा विस्तार गरिने बताए ।
नेप्लिज योङ्ग इन्टरप्रेनर्स फोरम वीरगञ्ज च्याप्टरका अध्यक्ष अनुप अग्रवालले आगामी दिनहरुमा वीरगञ्जका युवाहरुलाई व्यवसायिकतातर्फ सशक्त रुपमा अगाडि बढाउन यस्ता किसिमका कार्यक्रमहरु आयोजना गरिने बताए ।
स्रोत : रातोपाटी