२०७७ फागुन ३ गते
संसद विघटनविरुद्धको मुद्दामा सोमबार जवाफी बहस भइरहेको छ । जवाफी बहसमा बोल्दै अधिबक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको बोली फेरिन थालेको बताएका छन् ।
काठमाडौं । संसद विघटनविरुद्धको मुद्दामा सोमबार जवाफी बहस भइरहेको छ । जवाफी बहसमा बोल्दै अधिबक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको बोली फेरिन थालेको बताएका छन् ।
‘पहिले संसद विघटन सदर हुन्छ भन्नुहुन्थ्यो, अस्ति बुटवल पुगेर संसद विघटन बदर भए अर्को सरकार बन्न सक्दैन भन्न थाल्नुभयो’ उनले भने । अधिबक्ता थापाले यसो भनिरहँदा न्यायाधीश अनिलकुमार सिन्हाले भने बाटो र सभामा भएको कुरामा नजान आग्रह गरेका थिए ।
तर थापाले बहसमा क्रममा तर्क दिँदै भने बाहिर भएको कुराले पनि हर्ष लाग्ने भन्दै टिप्पणी गरे । न्यायाधीश सिन्हाले भने ‘बाटो र सभामा भएको कुरामा हामी हर्षित हुँदैनौं ।’
अधिबक्ता थापाले संसदलाई धम्की दिएको भन्दै संसद प्रधानमन्त्रीको नोकर बन्न नसक्ने बताएका छन्।