NarayaniPost.com
बुधबार, साउन २५, २०७९

आजबाट बेलायतमा प्रवेश गर्नेले १० रातसम्म अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने

नारायणी पोस्ट
सोमवार, फाल्गुन ३, २०७७

२०७७ फागुन ३ गते

लन्डन । आज सोमबारबाट बेलायत प्रवेश गर्ने सम्पूर्ण ब्रिटिस र आइरिस सिटिजन्स तथा यूके रेसिडेन्टस्हरुले अनिवार्य ‘होटल क्वारेन्टिन’ बस्नुपर्ने भएको छ ।

कोरोना भाइरसका नयाँ ‘भेरियन्ट’ पाइएका विश्वका ३३ वटा 'रेड लिष्ट' मुलुकबाट आउने यात्रुहरुको लागि बेलायतमा आजबाट अनिवार्य ‘होटेल क्वारेन्टिन’ को नियम लागू भएको हो । नयां भेरिएन्ट संक्रमण नियन्त्रणका लागि केहि साउथ अमेरिकन र नयां भाइरस देखा परेका मुलुकहरुपोर्चुगल,ब्राजिल तथा साउथ अफ्रिकालगायतका मुलुकबाट आउनेहरुका लागि उक्त नयां नियम लागू गरिएको हो ।

उक्त मुलुकबाट बेलायत फर्किएका यात्रुहरुले १० रातसम्म अनिवार्य होटल क्वारेन्टिन् बस्नुपर्नेछ । होटल क्वारेन्टाइनमा बस्दाको खर्च वापत १७५० पाउण्ड स्वयंले व्यहोर्नुपर्ने छ । यस रकमले होटल बसाइको खर्च,यातायात र कोरोना परीक्षणलाई समेट्नेछ ।

यदि १२ वर्षमाथिका मानिस साथमा भए एकजनाको ६५० पाउण्ड र ५ देखि १२ वर्षबीचको उमेरका लागि एकजनाको ३२५ पाउण्ड थप रकम तिर्नुपर्नेछ । अनिवार्य होटेल क्वारेन्टिन् आवश्यक पर्ने बेलायतको सूचीमा नेपाल भने छैन ।

सोहि होटेल क्वारेन्टिनबाट उन्मुक्ति पाउन आफ्नो यात्रा विवरणबारे झूटो बोलेको पाइएमा कडा जरिवाना पनि घोषणा भइसकेको छ ।

बेलायत उत्रिएपछि यहाँको विमानस्थलमा भर्नुपर्ने ‘पेसेन्जर लोकेटर’ फारममा आफू कुन मुलुकबाट आएको भन्नेबारे गलत जानकारी उल्लेख गर्नेहरु अधिकतम सजायको भागी बन्नेछन् ।

१५ फेब्रुअरीबाट लागू हुने गरि बेलायत प्रवेश गर्ने सम्पूर्ण यात्रुहरुले क्वारेन्टाइनको अवधिमा दुईपटक कोरोना परीक्षण गराउनुपर्नेछ । जस अनुरुप होटलमा वा होम आइसोलेशन जहाँ भएपनि यात्रुहरुले बेलायत प्रवेश गरेको दोस्रो र आठौँ दिनमा अनिवार्य कोरोना परीक्षण गराउनुपर्नेछ ।

फेब्रुअरी १५ तारिखबाट बेलायत भित्रिने प्रत्येक व्यक्तिले कोरोना सम्बन्धि तीनवटा टेस्ट गराउन पर्नेछ । उडान भर्नुअघि ७२ घन्टाको एउटा परीक्षण र बेलायत प्रवेश गरेको दोस्रो र आठौँ दिनमा गरी तीनवटा परीक्षण अनिवार्य गरिएको छ ।

आन्य समाचारहरु:-
July 1, 2022
हेटौंडा-५ मा मोटरसाइकल दुर्घटना

हेटौंडा । हेटौंडा उपमहानगर ५ मा दुर्घटना भएको छ ।  दुइवटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा मा ३ जना घाइते भएका छन् । ना ५१ प ७३५९ निलो पल्सर पिप्लेबाट बजार आउदै गरेको निलो पल्सर र हेटौंडा बाट पिप्ले जाँदै गरेको बा प्र ३ -००४ प १५९९ नम्बर को एन एस […]

June 10, 2022
ऑंबुखैरेनिमा कार र मोटरसाइकिल खसेको ठाउँमा दुइ पुरुषको शव भेटियो

सडक भासिएको मस्र्याङ्दी नदी किनारमा दुई पुरुषको शव फेला भेटिएको छ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा आज बिहान ४ बजे भासिएको सडकबाट बा१० च४६४९नम्बरको कार र मोटरसाइकिल खसेको थियो। मोटरसाइकलमा सवार पुरूष भने सवारी फालेर ज्यान जोगाएका थिए भने कारमानिससहित पहिरोमा खसेको प्रहरीले बताएको छ। लामो जामका कारण यात्रुको बिचल्ली भएको छ। लामो […]

May 29, 2022
मुस्ताङको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको जहाज

१५ जेठ, चितवन । पोखराबाट जोमसोम उडेर सम्पर्कविहीन भएको जहाज मुस्ताङ जिल्लाको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी आएको छ।म्याग्दी जिल्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि रानाका अनुसार मुस्ताङ जिल्लाको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा जहाज भेटिएको र थप जानकारी आउन बाँकी रहेको छ।तारा एयरको ९ एनएईटी टि्वनअटर विमान दुर्घटनामा परेको हो।विमानमा ४ जना भारतीय नागरिकसहित ६ जना विदेशी […]

May 14, 2022
चितवनमा माओवादी केन्द्रले खाता खोल्यो,इच्छाकामना १ मा सन्तबहादुर राना विजयी

चितवन,३१ बैशाख । चितवनमा माओवादी केन्द्रले खाता खोलेको छ । इच्छाकामना गाँउपालिका १ मा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका सन्तबहादुर राना विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवारलाई १० मतको झिनो अन्तरमा पराजित गरेका हुन् ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram