NarayaniPost.com
बिहिबार, असार २८, २०८०

ट्रम्पले फेरि कहिल्यै ट्वीटर चलाउन पाउने छैनन्

नारायणी पोस्ट
मङ्लबार, फाल्गुन ४, २०७७

२०७७ फागुन 4 गते

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अब कहिल्यै पनि ट्वीटर चलाउन नपाउने भएका छन् । ट्वीटरका प्रमुख वित्तिय अधिकारीका अनुसार ट्रम्प भविष्यमा पुनः अमेरिकी राष्ट्रपनि बनेतापनि उनलाई ट्वीटरले प्रतिबन्ध फुकुवा गर्ने छैन ।

सिएनबिसीसँग बुधबार कुराकानी गर्दै ट्वीटरका सिएफओ नेड सेगलले ट्रम्पविरुद्ध ट्वीटरले लगाउने प्रतिबन्ध स्थायी भएको प्रष्ट पारेका हुन् ।

उनले भनेका छन्, ‘हाम्रो नीति भनेकै जब तपाइँलाई प्लाटफर्मबाट हटाइन्छ तब तपाइँ सधैका लागि हटाइनुहुन्छ । चाहे तपाइँ टिप्पणीकार हुनुहोस् वा प्रमुख वित्तिय अधिकारी तथा पूर्व वा वर्तमान सार्वजनिक अधिकारीहरु सबैको हकमा यो लागू हुन्छ । स्मरण रहोस् मानिसहरुले हिंसालाई प्रवद्र्धन नगरुन् भन्नका लागि हाम्रा नीतिहरु तय गरिएको हुन्छ । यदि कसैले त्यसो गर्दछ भने हामीले त्यस्तालाई हटाउँछौँ र हाम्रो नीति अनुसार उनीहरुलाई पुनः आगमन गर्न अनुमति हुँदैन ।’

अमेरिकी माथिल्लो सदन कंग्रेसमा ट्रम्पमाथिको महाअभियोगको प्रक्रिया अगाडि बढिरहेको बेला ट्वीटरका अधिकारीको यस्तो अभिव्यक्ति बाहिर आएको हो । स्मरण रहोस् यदि कंग्रेसले ट्रम्प विरुद्धको महाअभियोग प्रस्ताव विफल पारेमा ट्रम्प आगामी राष्ट्रपतीय चुनावमा भाग लिन पाउनेछन् ।

अघिल्लो महिना ह्वाइटहाउसबाट बहिर्गमन हुनु अगाडि ट्रम्प समर्थकले अमेरिकी संसद भवनमा हिंसा मच्चाएको घटना पश्चात् ट्वीटरले ट्रम्पमाथि प्रतिबन्ध लगाएको हो ।

ट्रम्पले भविष्यमा पनि हिंसा मच्चाउने जोखिम भएको भन्दै ट्वीटरले उनको अकाउन्टलाई स्थायी रुपमा प्रतिबन्ध लगाएको हो ।

ट्वीटर मात्र नभएर युट्युब तथा फेसबुक लगायतका सोसल मिडिया प्लाटफर्महरुले पनि ट्रम्पमाथि प्रतिबन्ध लगाएका छन् । एजेन्सी

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram