चितवन ७ फागन २०७७
राष्ट्रिय नागरिक पार्टीका दुई जना राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका छन् । ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा आयोजित पार्टी प्रवेश तथा चियापान कार्यक्रममा नागरिक पार्टीका केन्द्रीय सचिव राजेश्वर खतिवडा र केन्द्रीय सदस्य किशोर कार्की लगायत २ दर्जन ब्यक्तिहरु राप्रपा प्रवेश गरेका हुनु ।
नवं प्रवेशी राजेश्वर खतिवडाले राप्रपा नै बैकलपिक शक्ति भएको भन्दै यसलाई दरिलो बनाउन सक्रिय भएर लागने प्रतिवद्धता गर्नुभयो ।
बागमति प्रदेश सांसद तथा राप्रपा केन्द्रीय सदस्य रिना गुरुङ्गको प्रमुख आतिथ्यतामा राप्रपा कै केन्द्रीय सदस्य मिना न्यौपाने, बागमति प्रदेश सदस्य एवं युवा नेता ज्ञान जङ्ग लामा, माधव न्यौपाने, राप्रपा चितवन अध्यक्ष रुद्र ढकाल, उपाधयक्ष चेतनाथ वाग्ले, सदस्य अमर पराजुली, क्षेत्र नं. २ का अधयक्ष तिलक बहादुर गुरुङ लगायतले अविर र दोसल्ला ओडाई स्वागत गर्नुभएको थियो ।