NarayaniPost.com
शनिबार, असार ३०, २०८०

ओली पक्षले आज पनि अवरुद्ध गर्ने

नारायणी पोस्ट
आइतवार, फाल्गुन ९, २०७७

२०७७ फागुन ९ गते

काठमाडौं । नेकपा ओली पक्षले आज पनि प्रदेश १ को बैठक अवरुद्ध पार्ने भएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावलाई प्रक्रियामा जानै नदिने रणनीतिसहित ओली पक्षले प्रदेश सभामा होहल्ला गरेर अवरुद्ध पार्ने आन्तरिक तयारी गरेको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध पनि अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ । त्यसैले ओली पक्षले केन्द्रमा प्रतिनिधिसभा विघटनका विषयमा सर्वोच्च अदालतमा परेको मुद्दामा अदालतको निर्णय आउने वित्तिकै प्रदेश सभाका विषयमा निर्णय लिने आन्तरिक तयारी गरेको छ ।

आफ्नो पक्षका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव फिर्ता गराउन पहल गर्ने, त्यसो नगरे प्रदेश सभा प्रतिनिधिसभा सम्बन्धी सर्वोच्चमा परेको मुद्दाको निर्णय नआउँदासम्म चल्नै नदिने र अदालतको फैसला आएलगत्तै विघटन गर्ने तयारीमा ओली पक्ष लागेको छ । त्यसको खुलासा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरिसकेका छन् ।

सर्वोच्च अदालतले बढीमा शुक्रबारसम्म आफ्नो फैसला सुनाउने भएको छ । अहिलेसम्म प्रतिनिधिसभा पुनःस्थापना हुने सम्भावना बढेको छ । त्यसैले अदालतको फैसला आएलगत्तै प्रदेश सभामाथि एक्सन लिने तयारी भित्री रुपमा थालेको छ । दुवै प्रदेशमा महिना दिन पुग्न लाग्दासमेत ओली पक्षले प्रदेश सभा बैठक नै बस्न नदिई आफूविरुद्ध परेको अविश्वास प्रस्तावमाथिको छलफलको प्रक्रियालाई नै बन्धक बनाइरहेको छ ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram