NarayaniPost.com
सोमवार, साउन १, २०८०

यौन दुर्व्यवहार गरेको आरोपमा एक युवक पक्राउ

नारायणी पोस्ट
आइतवार, फाल्गुन ९, २०७७

२०७७ फागुन ९ गते

वीरगञ्ज । बारामा किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । बाराको करैयामाई गाउँपालिका-५ बस्ने ४० वर्षीय महेन्द्र सहनी पक्राउ परेका हुन् ।

घरमा कोही नभएको अवस्थामा गाउँकै १५ वर्षीया एक किशोरीलाई मेरो घरमा काम छ भनेर लगेर यौन दुर्व्यवहार गरेको आरोप उनलाई लागेको छ ।

किशोरी रुँदै गएर आमालाई भनेपछि परिवार र समाजले घटनाबारे जानकारी पाएका थिए । त्यसपछि स्थानीय जम्मा भएर सहनीको घर घेराउ गर्न पुगेका थिए ।

प्रहरी टोलीले सहनीलाई उद्धार गरेर जिल्ला प्रहरी कार्यालय बारामा ल्याई थप अनुसन्धान शुरु गरेको छ । किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा सहनीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय बाराबाट मात्रै ५५ जनाभन्दा बढी प्रहरी र बरियारपुरबाट गएको सशस्त्र प्रहरी टोलीले स्थानीयलाई रोकेका थिए ।

करैयामाई-५ का वडा अध्यक्ष उमेश चौधरीले गाउँकै किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा सहनीलाई प्रहरीले पक्राउ गरेको जानकारी दिए । उनका अनुसार सहनी पहिले पनि यस्ता अवान्छित गतिविधिमा संलग्न रहेको भन्दै स्थानीय आक्रोशमा आएका थिए ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram