२०७७ फागुन ९ गते
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नयाँ दिल्ली प्रस्थान गरेका छन् । उपचारको सिलसिलामा उनी आइतबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।
चिकित्सकहरुले उनको पेटमा न्युरो–इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिश गरेकाले उनी दिल्लीमा त्यसको उपचारका लागि जान लागेका हुन् । दिल्लीमा उनको उपचार ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा हुनेछ । उनको पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका थिए ।
पत्नी हिसिला र प्रेस सल्लाहकार विश्वदीप पाण्डेका साथमा बाबुराम दिल्लीमा उपचार गर्न गएका हुन् । उपचारका लागि दिल्लीमा रहँदा उनको बसाइ त्यहाँस्थित नेपालको दूतावासमा हुनेछ ।