२०७७ फागुन ९ गते
हेटौंडा । मकवानपुरमा बरामद १८ क्विन्टल गाँजा जलाएर फर्किइरहेको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ ।
शनिबार साँझ साढे ५ बजे राक्सिराङ गाउँपालिका १ स्थित गाल्छाराङस्थित बारीमा लुकाइ राखेको १८ क्विन्टल गाँजा जलाएर नष्ट गरेको थियो।
इलाका प्रहरी कार्यालयका, नेवारपानीबाट खटिएको टोलीमाथि गाँजा नष्ट गरी कार्यालय फर्किने क्रममा स्थानीयले सडकमा अवराेध गर्दै हातपात गरेका थिए ।
प्रहरीको काम कारबाहीमा बाँधा पुर्याउने आरोपमा प्रहरीले राक्सिराङ गाउँपालिका(१ ४३ वर्षीय कान्छालाल रूम्बालाई पक्राउ गरेको छ। त्यस्तै कुपिनटार स्थित बारीबाट १५ किलो र १४ किलो गाँजाको भाँङ फेला पारेको हो।