NarayaniPost.com
मङ्लबार, साउन २, २०८०

समयमै साउदी अरब नफर्किए तीन वर्ष प्रतिबन्ध

नारायणी पोस्ट
सोमवार, फाल्गुन १०, २०७७

२०७७ फागुन १० गते

काठमाडौं । पुनः प्रवेश (रि–इन्ट्रि) भिसामा फर्किएका श्रमिकले समयअवधि सकिनु अगावै नै साउदी अरब नफर्किएको अवस्थामा तीन वर्षसम्म प्रवेशमा प्रतिबन्ध लगाइएको छ ।

आइतबार वैदेशिक रोजगार विभागले जारी गरेको सूचनामार्फत् रि–इन्ट्रि भिसामा फर्किएका आप्रवासी श्रमिकहरु भिसाको अवधि सकिनु अगावै काममा नफर्किएको खण्डमा ती कामदारलाई तीन वर्षसम्म साउदी अरब प्रवेश गर्न नपाउने गरी प्रतिबन्ध लगाइएको भनिएको छ ।

सूचनामा भनिएको छ, ‘साउदी सरकारले रि–इन्ट्रि भिसामा स्वदेश गएका कामदारहरु सो भिसाको अवधि सकिनु अगावै काममा नफर्किएमा यस प्रकारका कामदारहरु तीन वर्षसम्म साउदी अरब प्रवेश गर्न प्रतिबन्ध लगाएको छ ।’

तर, जुन कम्पनीबाट रि–इन्ट्रि भिसामा गएको हो सोही कम्पनीमा नया“ भिसामा आउन अनुमति पाएमा उक्त अवधिअगावै आउन बाधा नपर्ने भनि साउदी अरबको अध्यागमन कार्यालयले जनाएको सूचनामा उल्लेख छ । मतलब रि–इन्ट्रिको अवधि रह“दै सोही कम्पनीमा नया“ भिसा पाएमा पनि प्रवेशमा रोक नलगाइने सूचनामार्फत् भन्न खोजिएको छ ।

रि–इन्ट्रि भिसामार्फत् साउदी जानेहरुले भने स्वास्थ्य प्रोटोकल तथा प्रतिबन्धमा सम्बन्धमा नियमहरु पालना गर्नुपर्ने भनिएको छ । पछिल्लो समय साउदीमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि साउदी सरकारले कोरोना संक्रमण कम गर्न स्वास्थ्य प्रोटोकलका अतिरिक्त नियमहरु बनाएको छ ।

रि–इन्ट्रि भिसामार्फत् व्यापारिक मलहरुमा जाने हरेकले मलमा प्रवेश गर्नुपूर्व साउदी सरकारले उपलब्ध गराएको ‘ट्वाककल्ना एप्स’ अनिवार्य रुपमा आफ्नो मोबाइलमा डाउनलोड गर्नुपर्ने सूचनामा भनिएको छ । डाउनलोड गरिएको एपबाट कोरोना संक्रमण भएका व्यक्तिगको आवागमनको ट्रेसिङ हुने जनाइएको छ ।

यसैगरी ३१ मार्चबाट हवाई, स्थल तथा जलमार्गबाट हुने सम्पूर्ण आवागमन प्रतिबन्ध हटाउने निर्णय गरिएपनि १७ मे सम्मलाई लम्ब्याइएको पनि सूचनामार्फत् भनिएको छ । त्यस्तै, विभिन्न २० देशका नागरिकलाई साउदी अरब प्रवेशमा रोक लगाइएको छ ।

साउदी अरब रोक लगाइएको देशहरुमा भारत, पाकिस्तान, अर्जेन्टिना, ब्राजिल, इजिप्ट, फ्रान्स, जर्मनी, इन्डोनेसिया, आयरल्यान्ड, इटली, जापान, लेवनान, पोर्चुगल, दक्षिण अफ्रिका, स्वीडेन, स्विटजरल्यान्ड, टर्की, युएइ, बेलायत र अमेरिका रहेका छन् । यी २० देशबाट आप्रवासीहरु, कूटनीतिज्ञ, स्वास्थ्यकर्मी र उनीहरुका परिवारहरु अर्काे व्यवस्था नभएसम्म साउदी अरब प्रवेशमा रोक लगाइएको सूचनामा भनिएको छ ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram