NarayaniPost.com
मङ्लबार, साउन ९, २०८०

जफत गरिएका ६३ लाख रुपैयाँ बराबरको माल–सामान लिलाम गर्दै

नारायणी पोस्ट
सोमवार, फाल्गुन १०, २०७७

२०७७ फागुन १० गते

काठमाडौं । ठाडी भन्सार कार्यालय सिरहाले ६३ लाख रुपैयाँ बराबरको जफत माल सामान विक्री लिलामी गर्ने भएको छ । भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७५÷७६ देखि हालसम्म भन्सार छली चोरी निकासी, पैठारी मुद्दामा पक्राउ परी जफत भएका कुल ६३ लाख २० हजार ३ सय ५७ रुपैयाँ बराबरको माल वस्तुको एकैपटक लिलामी गर्ने भएको हो ।

कार्यालयले सोमबार एक सूचना जारी माल वस्तु लिलाम विक्री सम्बन्धि ७ दिने सिलवन्दी बोलपत्र आह्वान गरेको छ । भन्सार ऐन, २०६४ को दफा ५० तथा भन्सार नियमावली ३६ बमोजिम यस्ता माल वस्तुको विक्री लिलामी सिलवन्दी बोलपत्रको आह्वान गरिएको भन्सार कार्यालय ठाडीले जनाएको छ ।

विभिन्न समयमा जफत भई प्रतिवेदन समेत बनि कार्यालयमा दाखिला भइसकेका माल वस्तुहरु जस्तो अवस्थामा छ सोही अवस्थामा विक्रि वितरण गरिने गरि भन्सार कार्यालय ठाडी, सिरहाले जनाएको छ ।
प्रमुखतः दुई शीर्षकमा माल वस्तु छुट्याएको कार्यालयले पहिलो मुद्दा संख्या ११० सम्मलाई न्युनतम बिक्री मूल्य २१ लाख ७१ हजार ६ सय ४२ रुपैयाँ तोकेको छ भने दोस्रो मुद्दा १६९ सम्मलाई ४१ लाख ४८ हजार ७ सय १५ रुपैयाँ लिलामी मूल्य तोकेको छ ।

यी दुवै शीर्षकका लागि इच्छुक व्यक्ति, फर्म वा संघ–संस्थाले दरभाउपत्र खरिदका लागि रु २ हजार रुपैयाँ तिरेर दरखास्त दिन सक्ने विभागले जनाएको छ ।

स्रोत : रातोपाटी

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram