NarayaniPost.com
शुक्रबार, असार २९, २०८०

७ अर्बको लागतमा नयाँ औद्योगिक क्षेत्र बन्दै

नारायणी पोस्ट
सोमवार, फाल्गुन १०, २०७७

२०७७ फागुन १० गते

मकवानपुर । मकवानपरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ र १४ मा स्थापना गर्न लागिएको नयाँ औद्योगिक क्षेत्रको फागुन १४ गते शिलान्यास गरिने हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ ।
१९९.१२ बिगाह क्षेत्रफलमा फैलिएको उक्त औद्योगिक क्षेत्रको शिलान्यासका लागि सम्पूर्ण तयारी पूरा भइसकेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख राजेन्द्र कँडेलले रातोपाटीलाई जानकारी दिए ।

फागुन १४ गते संघीय सरकारको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले औद्योगिक क्षेत्र शिलान्यास गर्ने तय भएको छ । २०७२ साल चैत १ गतेको मन्त्रिपरिषद् बैठकले मयुरधापमा रहेको ३ सय बिगाह क्षेत्रफलको खाली जग्गामा नयाँ औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरेको थियो ।

सो क्षेत्रमा मन्दिर, वन तथा बस्तीहरु पर्ने भएपछि २०७३ वैशाख १२ गतेको मन्त्रिपरिषद् बैठकले क्षेत्रफल घटाएर मयुरधापको १ सय ३४.८६ हेक्टर (१९९.१२ बिगाह) क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरेको थियो ।
सो औद्योगिक क्षेत्रमा गत २०७५ कात्र्तिक ५ गते मयुरधाप औद्योगिक क्षेत्र परियोजनाको कार्यालय स्थापना गरी औद्योगिक क्षेत्र स्थापनाको प्रारम्भिक काम गरिरहेको प्रमुख कँडेलको भनाइ छ ।

७ देखि १४ रोपनीको आकारमा ६२ वटा औद्योगिक प्लट रहने सो औद्योगिक परिसरमा करीब ५ दर्जन बढी उद्योग प्लान्ट रहने जनाइएको छ । पूर्वमा मयुरधाप बस्ती, पश्चिममा कालापानी बस्ती, उत्तरमा रातमाटे डाँडा र दक्षिणमा चुरे वन क्षेत्रले घेरेको सो खाली जग्गालाई उपयोग गरी औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढाइएको हो ।

माघ ६ गते औद्योगिक क्षेत्रबाट उत्पन्न हुने वातावरणीय प्रभावलाई दृष्टिगत गरी प्रभावित क्षेत्रका नागरिकहरुको धारणा बुझ्न र उद्योग सञ्चालनपछि आउने प्रभावका बारेमा स्थानीय नागरिकहरूसँग सार्वजनिक सुनुवाई कार्यक्रमसमेत गरिसकिएको छ ।
करिब ७ अर्ब २ करोड ३४ लाख रुपैयाँ लागत अनुमान गरिएको सो औद्योगिक क्षेत्र सञ्चालनपछि दक्ष, अर्ध दक्ष र अदक्ष गरी करीब १० हजार जनाले रोजगारी पाउने बताइएको छ ।
उक्त औद्योगिक क्षेत्रमा गत मंसिर १९ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्र घिमिरे, लगानी बोर्डका कार्यकारी अधिकृत सुशिल भट्ट, संविधानसभा सदस्य अनन्त पौडेल र उद्योगी व्यवसायीसँग सम्बन्धित विभिन्न निकायका सरोकारवालाहरुले स्थलगत निरीक्षण गरी निर्माणको कामलाई तीव्रताका साथ अघि बढाउने प्रतिवद्धता जनाएका थिए ।

स्थलगत निरीक्षण र विस्तृत नापजाँच गरी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा जग्गाधनी पुर्जा प्राप्त भएको थियो । औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रस्ताव (डिपिआर) तयार भएर औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सञ्चालक समितिबाट २०७५ जेठ १९ गते स्वीकृत भई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेश भएको थियो ।
औद्योगिक क्षेत्रका चुनौती
उक्त औद्योगिक क्षेत्रमा वन क्षेत्रको जग्गा पर्न गएकोले पर्सा राष्ट्रिय निकुञ्जले असहमति जनाएको थियो । जसका कारण वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने तथा औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण सुरु गर्ने प्रक्रिया केही समयका लागि अवरुद्ध समेत बन्न पुग्यो । तर हाल उक्त अवरोध हटेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ ।

निकुञ्जका कारण उत्पन्न भएको अवरोध सरोकारवालाहरुको आवश्यक पहल र समन्वयपछि हटेको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख राजेन्द्र कँडेल बताउँछन् ।
त्यसैगरी निर्माणाधीन अवस्थामा रहेको औद्योगिक क्षेत्रको जग्गाको केही भाग अनाथ आश्रम, ओम बाबाको आश्रम, मठ मन्दिरबाट अतिक्रमण हुन पुगेको छ । उक्त क्षेत्रको जग्गाको केही भागमा स्थानीयवासीहरुले खेतीपातीसमेत गरिरहेका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई अतिक्रमित जग्गा खाली गराउनुपर्ने चुनौती कायमै छ ।

स्रोत : रातोपाटी

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram