NarayaniPost.com
शुक्रबार, असार २९, २०८०

भूमिहीन परिवारलाई नमूना बस्तीको घर

नारायणी पोस्ट
सोमवार, फाल्गुन १०, २०७७

२०७७ फागुन १० गते

झापा । झापाको दमक नगरपालिकाले आफ्नो घरजग्गा नभएका भूमिहीन परिवारलाई एकीकृत नमूना बस्ती निर्माण गरी नयाँ घरमा बसोबास गराउन थालिएको छ । गतवर्ष नगरका भूमिहीनका लागि २३ वटा समान प्रकृतिका घर लक्षित परिवारलाई दिन थालिएको नगरपालिकाले जनाएको छ ।

दमक–१ मा नमूना एकीकृत बस्तीको रूपमा बसोबासको व्यवस्था मिलाउने लक्ष्यअनुसार पहिलो चरणमा ती परिवारका लागि नमूनाबस्ती निर्माण गरिएको नगर प्रमुख रोमथान ओलीले बताए । नगरपालिकाको स्वामित्वमा रहेको जमिन उपयोगसँगै अतिक्रमण हटाई क्रमिकरूपमा यस प्रकारका बस्ती निर्माण गर्ने योजनाअनुसार नमूनाबस्ती निर्माण गरिएको हो । नगर प्रमुख ओलीका अनुसार सो स्थानमा बसोबासका लागि नगरपालिकाभित्र कम्तीमा १० वर्षदेखि बसोबास गरेको र कहीँ पनि जमिन नभएको परिवार छनोट गरिएको हो ।

यस्तै, दमक– ७ को सुनचाँदीलाइनमा रहेको नगरपालिकाको जमिनमा बसोबास गरेका परिवारलाई पहिलो हकदार बनाइएको थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाकाअनुसार तीन नमूना बस्तीको घरको संरचना आर्कषकसँगै व्यवस्थित रुपले तयार गरिएको छ ।

एक तले पक्की ती घरको छानोमा निलो रङको जस्तापाता लगाइएको छ । प्रत्येक घरमा विद्युत् र खानेपानी र सानो फूलबारीसमेत रहने प्रबन्ध छ । प्रत्येक घरमा आधुनिक तरिकाले बनाइएका दुई कोठा छन् । यसैसँग जोडिएको एउटा भान्छा कोठा छ । प्रत्येक घरमा मार्बल हालेर बनाइएको शौचालय—स्नान कक्ष जस्तै आवश्यक पूर्वाधार निर्माण गरिएको छ । कूल तीन करोड ७० लाखमा बस्ती निर्माण गरिएको हो । यसमा तीनै तहका सरकारको लागत सहभागिता छ ।

बस्ती निर्माणमा सङ्घीय सरकारको स्थानीयपूर्वाधार विकास साझेदारी कार्यक्रमको एक करोड ४० लाख, प्रदेश सरकारको एक करोड ३० लाख र दमक नगरपालिकाको एक करोड खर्च भएको नगर उपप्रमुख तथा प्रवक्ता गीता अधिकारीले जानकारी दिए।

लामो समयदेखि नगरपालिकाको जग्गामा बस्दै आएका घर पाएपछि मनमाया भुजेल हर्षित छिन् । अहिलेसम्म घरवारविहीन भएका भुजेल परिवारले अहिले आफ्नै घरमा बस्न पाएपछि खुशी भएको छ ।

यसवर्ष फेरि सोही नमूना बस्तीनजिकै वडा नं ७ मा सोही प्रकृतिका दोस्रो नमूनाबस्तीमा १५ घर बनाइएको र ती पनि यस्तै विपन्न नागरिकलाई बसाउने स्थानीय सरकारको योजना छ । ती घर पनि यसैवर्ष नगरका भूमिहीनलाई हस्तान्तरण गरिने योजना रहेको वडाध्यक्ष भीम पौडेलले बताए । नमूनाबस्ती घर सङ्घीय निर्वाचन साझेदारी कार्यक्रम र दमक नगरपालिकाको संयुक्त लगानीमा निर्माण भएको हो । साझेदारी कार्याक्रम अन्तर्गत १५ घर बनाउन कूल एक करोड ९२ लाख विनियोजन गरिएको थियो जस अनुसार प्रतिघर १२ लाख ८६ हजारको लागत रहेको जनाइएको छ ।

स्रोत : हाम्रोखबर

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram