NarayaniPost.com
बिहिबार, असार २८, २०८०

ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या करिब दुई लाख पचास हजार

नारायणी पोस्ट
सोमवार, फाल्गुन १०, २०७७

२०७७ फागुन १० गते

एजेन्सी । पछिल्लो समयमा ब्राजिलमा कोरोना भाइरस (कोभिड १९)ं को सङ्क्रमणबाट मृत्यु हुने नागरिकको संख्या बढ्दै गएको बताइएको छ । प्राप्त समाचारअनुसार सोमबार बिहानसम्ममा ब्राजिलमा यो भाइरसबाट कम्तीमा पनि २ लाख ४६ हजार ५०४ जनाको ज्यान गएको छ ।

यसरी यहाँका नागरिक यो सङ्क्रमणबाट मृत्यु हुनेको संख्यामा २ लाख ५० हजारको नजिक पुगेको बताइएको छ । यहाँ यो संक्रमणबाट पछिल्लो समयमा धेरैको मृत्यु भएको पाइएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म अर्थात् सोमबार बिहानसम्ममा ब्राजिलमा कोरोनाको कारण २ लाख ४६ हजार ५०४ जनाको मृत्यु भएको छ । ब्राजिलमा पछिल्ला दिनहरूमा कोभिडका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको यहाँका अधिकारीहरुले जानकारी दिएका हुन् । ब्राजिल अमेरिकापछि कोरोनाबाट मृत्यु हुनेको संख्याको आधारमा दोस्रो सबैभन्दा प्रभावित मुलुक हो ।

ब्राजिलमा गत २४ घन्टामा ५२७ जनाको कोरोना भाइरसको सङ्क्रमणबाट नै मृत्यु भएको पाइएको छ । केही महिना यतादेखिको मृत्यु संख्या हेर्दा एकै दिनमा भएको यो मृत्यु धेरै त होइन तर पनि यहाँ मृत्यु हुनेको संख्या भने उल्लेख्य रुपमा घट्न सकेको छैन । त्यसैगरी गएको २४ घन्टा यता मात्र गरेको परीक्षणका क्रममा कम्तीमा पनि २९ हजार जनामा संक्रमण देखिएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

गत सातासम्म यहाँका कोरोना सङ्क्रमितको संख्या ५० हजार नाघेको बताइएको थियो तर अहिले भने यो संख्या घट्दै गएको छ । दक्षिण अमेरिकामा कोरोनाबाट सबैभन्दा धेरै प्रभावित बनेको ब्राजिलमा अहिलेसम्म कोरोनाका १ करोड १६ लाखभन्दा बढी नागरिक सङ्क्रमित फेला परिसकेका छन् ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram