२०७७ फागुन ११ गते
काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा पेशी तोकिएको छ ।
उक्त मुद्दामा एक महिनाभन्दा लामो निरन्तर सुनुवाइको प्रक्रिया पूरा गरेर आजका लागि ‘हेर्दाहेर्दै’ मा पेसी तोकिएको हो । हिजो १० गतेसम्म बहस नोटको समय दिइएको थियो भने आजदेखि मुद्दा फैसलाको चरणमा प्रवेश गर्नेछ । इजलासले आजदेखि मुद्दा हेर्दाहेर्दैमा राखेर जुनसुकै बेला पनि फैसला हुन सक्ने बताएको छ ।
संसद विघटन असंवैधानिक कदम रहेको भन्दै चौतर्फी विरोध र संसद पनस्र्थापनाको माग भइरहेका बेला संवैधानिक इजलासको फैसला के आउला, यसबारे सबैको चासो छ । सर्वोच्चको निर्णय जेसुकै आए पनि नेपाली राजनीतिमा यस घटनाले दूरगामी छाप छोड्ने सम्बन्धित विज्ञहरु बताउँछन् ।
गत पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी वैशाख १७ र २७ का लागि मध्यावधि चुनावको मिति घोषणा गर्नुभएको थियो । त्यस कदमविरूद्ध सर्वोच्चमा १३ वटा रिट निवेदन परेका थिए ।