NarayaniPost.com
मङ्लबार, साउन २, २०८०

झ्यालबाट हामफालेर आत्महत्याको प्रयास

नारायणी पोस्ट
मङ्लबार, फाल्गुन ११, २०७७

२०७७ फागुन ११ गते

वीरगञ्ज । ०७७ फागुन ९ गते वीरगञ्ज-१५ नगवाका २५ वर्षीय विराट झाविरुद्ध सार्वजनिक शान्ति कसुर मुद्दामा जाहेरी पर्‍यो । जाहेरी आएलगत्तै वडा प्रहरी कार्यालय विर्ताको टोलीले सोधपुछका लागि सोही दिन साँझ साढे ८ बजे झालाई झिकायो । एक युवतीले आफूलाई मानसिक यातना दिएको र साथीहरुलाई हातपात समेत गरेको जाहेरीमा उल्लेख गरेकी थिइन् ।

झाविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा पनि अर्की एक युवतीले निवेदन दिएकी थिइन् । सामाजिक सञ्जाल ‘टिकटक’ मा आफूले बनाएको भिडियोसँग जोडेर नराम्रो भिडियो बनाई दुःख दिएको आरोप उनको थियो ।

मातहतको कार्यालयले झालाई पक्राउ गरेको जानकारी पाएपछि जिल्लाले निवेदकलाई उतै पठायो । वडा प्रहरी कार्यालयमा छलफलका क्रममा गल्ती भएकोमा माफी माग्दै झाले आइन्दा त्यसो नगर्ने प्रतिबद्धता जनाए । निवेदकले पनि एक पटकलाई माफी दिन राजी भइन् । समस्या समाधान भयो ।

अर्को उजुरीको विषयमा छलफलका लागि वडा प्रहरी कार्यालयले निवेदक पक्षलाई फागुन १० गते सोमबार बिहान १० बजेका लागि बोलाएको थियो । सोही अनुसार अर्को दिन दुवै पक्षको उपस्थितिमा कार्यालयको पहिलो तल्लामा कार्यालय प्रमुख प्रहरी निरीक्षक राजेशराज पुरीको कार्यकक्षमा छलफल चलिरहेको थियो । झाले युवतीलाई ‘मसँग विवाह गर’, ‘म तिमीलाई मन पराउँछु’, ‘मसँग विवाह नगरे मरिदिन्छु’ भन्दै दैनिक फोन, म्यासेज गरी मानसिक यातना दिने गरेका रहेछन् ।

घटनामा झाले आफूबाट गल्ती भएको स्वीकार गर्दै अब त्यस्तो नगर्ने भनेर पनि माफी मागेका थिए । तर अन्तिम पटक युवतीसँग कुराकानी गर्न पाउनुपर्ने शर्त उनले राखे । युवतीले शर्त अस्वीकार गरिन् । त्यसपछि झाले अनौठो व्यवहार देखाउन थाले । टाउको तल गर्दै छेउँमै रहेको सिसाको झ्यालबाट उनी हाम फालेको प्रहरी निरीक्षक पुरी बताउँछन् ।

‘उसले अबदेखि त्यसो गर्दिनँ, दुःख दिन्नँ भनेको थियो, युवती पनि माफी दिन तयार भएकी थिइन् । केटोको परिवारले सुधार गृह पठाउने तयारी गरेका थिए,’ पुरीले भने, ‘एक थप्पड पनि हानेका थिएनौं, छोड्ने तयारी हुँदै थियो । अचानक उसले झ्यालबाट हाम फाल्यो, उसँगै रहेको साथीले र मैले समात्ने कोसिस पनि गरेका हौं तर जिन्स पाइन्ट लगाएकाले हात चिप्लियो, भवनको टपमा ठोक्किएर तल खस्यो ।’ समातेर उसको गति कम नगरेको भए परिस्थिति झनै गम्भीर हुन सक्ने उनी अनुमान लगाउँछन् ।

तत्कालै वडा प्रहरी कार्यालय विर्ताको भ्यानमा राखेर उनलाई नारायणी अस्पताल लगिएको थियो । नारायणी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि पानीट्यांकीस्थित एलएस न्युरो अस्पतालमा लगिएको थियो । झाको निधार र टाउकोको माथिल्लो भागमा गरी ७ वटा टाँका लगाइएको छ । स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

झाको व्यवहारका कारण आफन्तजनसमेत पहिलेदेखि नै चिन्तित रहेको पाइएको प्रहरीले जनाएको छ । त्यसैले उनीहरुले झालाई सुधार गृहमा पठाउने तयारी गरिरहेका थिए । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका युवकले आत्महत्याको प्रयास गरेको बताए ।

‘युवक लागुऔषध दुर्व्यसनमा फसेको रहेछ, युवतीहरुलाई सामाजिक सञ्जाल र फोन गरेर दुःख दिएको उजुरी आएको थियो,’ कुँवरले भने ‘कारबाही प्रक्रिया थाल्नुअघि दुवै पक्षलाई बोलाएर सोधपुछ चल्दै थियो, अचानक प्रहरी कार्यालयको झ्यालबाट हाम फालेर हात्महत्याको प्रयास गर्‍यो । समाउँदा समाउँदै फुत्किएछ । घाइते अवस्थामा अस्पतालमा उपचार भइरहेको छ ।’

वडा प्रहरी कार्यालय विर्ताको थुनुवा कक्षमा उनलाई एकरात राखिएको थियो । थुनुवा कक्षमा झा रातभरी छट्पटाएर नसुतेको थुनुवा कक्षमा रहेका अन्य बन्दीहरुले बताएका छन् ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram