NarayaniPost.com
बिहिबार, असार २८, २०८०

शिक्षक हत्या प्रकरण : आरोपी कारागार चलान

नारायणी पोस्ट
मङ्लबार, फाल्गुन ११, २०७७

२०७७ फागुन ११ गते

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिकाका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द (विप्लव) समूहका जिल्ला इञ्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विक पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

३२ वर्षीय विक जिल्ला अदालत मोरङको आदेशपछि पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

शिक्षक हत्या प्रकरणमा फरार प्रतिवादीको सूचीमा विप्लव समूहका महासचिव विप्लव पनि छन् । शिक्षक श्रेष्ठको हत्या आरोपमा पक्राउ परेका विकलाई न्यायाधीश कपिलमणि गौतमको इजलासले सोमबार थुनामा राख्न आदेश दिएको थियो ।

प्रहरीले माघ ७ गते विकलाई मोरङको बूढीगंगाबाट हतियारसहित पक्राउ गरेको थियो । को २४ प ४००५ नम्बरको मोटरसाइकलमा सवार रहेका उनको साथबाट एउटा सेमी अटोमेटिक पेस्तोल, तीन राउण्ड गोली, म्यागजिन, विभिन्न कम्पनीका मोबाइल, एक दर्जन सिमकार्ड बरामद भएको थियो ।

हतियार भेटिएपछि सरकारी वकिलको कार्यालयले उनीविरुद्ध हातहतियार खरखजाना, अपहरण र कर्तव्य ज्यान मुद्दा चलाएको थियो । हातहतियार खरखजाना मुद्दामा न्यायाधीश दुर्गा खड्काको इजलासले यसअघि नै उनलाई थुनामा राख्न आदेश दिएको थियो । दोस्रो मुद्दामा पनि थुनामै राख्ने आदेश भएको हो ।

शिक्षक हत्या प्रकरणमा घटनामा ४२ जनाको संलग्नता रहेको अनुसन्धानबाट खुलेको थियो । तीमध्ये ३५ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता भएको थियो ।

विप्लव समूहले सुराकीको आरोप लगाउँदै घरबाटै नियन्त्रणमा लिएर अपहरणपछि शिक्षक श्रेष्ठको गत मंसिर २३ गते हत्या गरेको थियो । घटना भएकै दिन विप्लव समूहका मेची–कोसी ब्यूरो इञ्चार्ज प्रतापले विज्ञप्ति जारी गरेर हत्याको जिम्मा लिएका थिए ।

विप्लव फरार प्रतिवादी

पछिल्लो समय नेत्रविक्रम चन्दले शान्तिपूर्ण राजनीतिमा आउनका लागि सरकारसँग वार्ता गर्न तयार रहेको विज्ञप्ति जारी गरेका थिए । सरकारसँग वार्ता गर्न तयार रहेको बताएका विप्लवसहित ३४ जना अपहरण र हत्याको घटनाका फरार प्रतिवादी हुन् ।

जिल्ला अदालत मोरङमा कपिलवस्तु शिवराज नगरपालिका–९ का ५३ वर्षीय नेत्रविक्रम चन्द (विप्लव), कालिकोट नरहरीनाथ गाउँपालिका–६ का ५२ वर्षीय खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड), रोल्पाको थवाङ गाउँपालिका– १ का ५२ वर्षीय विशम भनिने सन्तोष बुढामगर, जाजरकोटका ४२ वर्षीय दीपक चलाउने, संखुवासभाको मादी नगरपालिका–४ का ३५ वर्षीय धनबहादुर विक, मोरङ केराबारी गाउँपालिका–६ का ४५ वर्षीय प्रताप भनिने थमनसिंह राई, खोटाङ साकेला गाउँपालिका–१ का ४१ वर्षीय शैलेस भनिने चन्द्रबहादुर बुढाथोकी र झापा गौरीगञ्ज–१ का २६ वर्षीय सञ्जय राईविरुद्ध अपहरण तथा कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ ।

मुद्दा दर्ता हुने अन्यमा भोजपुर षडानन्द नगरपालिका–२ का ४६ वर्षीय विवश भनिने पुष्पलाल चौलागाई, धनकुटा शहिदभूमि गाउँपालिका–१ का ३३ वर्षीय दर्शन भनिने नवीन राई, धनकुटा पाख्रिबास नगरपालिका–२ का २६ वर्षीय दर्शन थापा भनिने विशाल मगर, काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–५ का ५४ वर्षीय आकाश भनिने माधव गौतम, संखुवासभा चैनपुर–४ मैदानेका ३० वर्षीय उत्तरकुमार राई भनिने युवराज राई, भोजपुर ट्याम्केमयुङ–७ का ४१ वर्षीय भीम भनिने कुमार राई छन् ।

यसैगरी खोटाङ दिप्रुङचुइचुम्मा गाउँपालिका–७ का ४३ वर्षीय सञ्जीव मगर, सोलुखुम्बु महाकुलुङ–१ गाईखर्कका ३६ वर्षीय ङवाङनुरु भन्ने पेम्बा शेर्पा, ओखलढुंगा लिखु–७ का ३१ वर्षीय अमृत सागर भनिने योगेन्द्र बस्नेत, गोर्खाको अजिरकोट गाउँपालिका–३ का ४१ वर्षीय शिलु भनिने उमा भुजेल, झापा दमक–२ का ३० वर्षीय सुमनसिंह पौडेल, सोलुखुम्बु सोताङ–१ का ३५ वर्षीय बालकुमार राई भनिने राकेश राई, भोजपुर रामप्रसाद राई गाउँपालिका–४ दलगाउँका २५ वर्षीय चाम्स भनिने मिलन राई, संखुवासभा चैनपुर–४ मैदानेका २२ वर्षीय नाति भनिने बासन राई, ताप्लेजुङ मिक्वाखोला गाउँपालिका–४ का २२ वर्षीय अखिल भनिने मनोज भुजेल, ताप्लेजुङ मिक्वाखोला–१ का २३ वर्षीय लुङ्गा भनिने सुदम लुङखिम्बा (लिम्बू) पनि सो मुद्दाका प्रतिवादी हुन् ।

भोजपुरको पौवादुङ्मा गाउँपालिका–३ का २६ वर्षीय उमेश खत्री अधिकारी, ताप्लेजुङ मिक्वाखोला–५ का २९ वर्षीय संग्राम भनिने पूर्णबहादुर लिम्बु, धनकुटाका २४ वर्षीय आशिष भनिने विक्रम राई, मोरङ मिक्लाजुङ–१ का २२ वर्षीय बिर्जुम भनिने श्रीमान राई, ताप्लेजुङ मिक्वाखोला–१ का २५ वर्षीय विशाल लुङखिम्बा लिम्बू, ताप्लेजुङ फाक्ताङलुङ गाउँपालिका–२ का २५ वर्षीय संगम आङदम्बे, भोजपुर पौवादुङमा–४ का २४ वर्षीय अनुस्का राई, ताप्लेजुङका २५ को हेतु साउदेन लिम्बु, इलाम देउमाई नगरपालिका–७ का ३६ वर्षीय मौसम भनिने जितमान राई, ४५ वर्षीय अविनाश भनिने डम्बर मगर र मिक्लाजुङ–८ का ४५ वर्षीय महावीर भनिने जितेन्द्र महरा फरार छन् ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram