NarayaniPost.com
शुक्रबार, असार २९, २०८०

काखे छोरी मारेर आत्महत्या गर्न लागेकी युवती पक्राउ

नारायणी पोस्ट
मङ्लबार, फाल्गुन ११, २०७७

२०७७ फागुन ११ गते

बुटवल । एक वर्षीय काखे छोरीलाई घाटीमा डोरी बाधेर हत्या गरी आफूले समेत आत्महत्या गर्न प्रयास गरेकी आमा प्रहरीको फन्दामा परेकी छन ।
रुपन्देहीको मायादेवी गाउँपालिका–३ स्थित हरहरवामा आफ्नै कोठाको पंखामा १ वर्षिय बालिकाको घाँटी बांधेर हत्या गर्ने र आफुले समेत डोरीमार्फत आत्महत्या गर्ने प्रयास गरेकी २१ वर्षिय प्रेमा यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

आत्महत्या गर्ने प्रयास गरेकी प्रेमाको नन्दले देखेपछि डोरी काटेर बचाएको भन्ने खुल्न आएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्य नारायण थापाले जानकारी दिए ।

डीएसपी थापाका अनुसार १ वर्षिय बालिकालाई आफन्तहरुले नजिकैको खोलामा लगेर गाडिसकेको भन्ने खबर प्राप्त भएपछि तत्काल प्रहरी परिचालित भइ खोज्ने क्रममा दानव खोला नजिक शंकाष्पद ठाउँमा खनेर हेर्दा बालिकाको शव फेला परेको थियो । बालिकाको घाँटीमा शंकाष्पद दाग देखिएकोले उनलाई पोष्टमार्टमका लागि भैरहवास्थित भीम अस्पतालमा पठाइएको उनले जानकारी दिए ।

घटनाको अनुसन्धानको क्रममा प्रेमासहित उनको ससुरा मायादेवी–३ हरहरवाका ५५ वर्षिय बुद्धिराम यादव, सासु ४५ वर्षिय राजमति यादव, श्रीमान् २२ वर्षिय राज कुमार यादव र साथी लुम्बिनी सांस्कृतिक नगरपालिकाका २६ वर्षिय प्रदिप चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram