NarayaniPost.com
बिहिबार, साउन १८, २०८०

जग्गाको मुद्दामा साक्षी बसेका दम्पतीको अपहरण, स्थानीयद्वारा चक्काजाम

नारायणी पोस्ट
मङ्लबार, फाल्गुन ११, २०७७

२०७७ फागुन ११ गते

महोत्तरीको सहोडवामा एक दम्पतीलाई घरबाटै अपहरण गरिएको बुझिएको छ। मोही जग्गाको मुद्दामा अदालतमा साक्षी बसेका सो दम्पतीलाई घरबाटै अपहरण गरिएको महोत्तरी प्रहरीले जनाएको छ।

महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ५ सहोड़वाका ६५ वर्षीय मोसाफिर झा र उनको ६० वर्षीया पत्नी गीतादेवीलाई सुतेकै ठाउँबाट अपहरण गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले जानकारी दिए। झा दम्पती मंगलबार बिहान अबेरसम्म घरबाट बाहिर ननिस्केपछि गाउँलेहरू उनको खबर बुझ्न घरमै पुगेका थिए। पछि जसोतसो उनीहरू सुत्ने कोठामा स्थानीयहरु पुगे पछि रगतको थोपा देखिएपछि प्रहरीलाई खबर गरेका थिए।

झा दम्पती सुतेको कोठामा रगतको थोपाहरू समेत देखिएकोले घटना शंकास्पद बन्दै गएको छ। अपहरित दम्पतीको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक केसीले जानकारी दिए। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए।

स्थानीयहरूका अनुसार मोसाफिर झा अदालतमा विचाराधीन रहेको मोही जग्गा विवाद मुद्दामा साक्षी बसेका थिए। विवादित जग्गाको विपक्षीसँग केही दिन अगाडि विवादसमेत भएको स्थानीयहरू बताउँछन्।

झा दम्पतीको अपहरण भएको खबर पाएलगत्तै स्थानीय जनकपुरधाम भिठामोड सडक खण्डमा चक्काजाम गरेका छन्। अपहरित दुबैको पत्तो नलागेसम्म चक्काजाम राख्ने स्थानीयको चेतावनी छ।

चक्काजामका कारण यात्रुलाई आवतजावतमा समस्या भइरहेको छ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram