NarayaniPost.com
बुधबार, असार २७, २०८०

३० पटक भन्दा बढी चक्कू घोपी पूर्व प्रेमिको हत्या

नारायणी पोस्ट
मङ्लबार, फाल्गुन ११, २०७७

२०७७ फागुन ११ गते

मेक्सिकोको एक भीडभाडयुक्त बसमा एक व्यक्तिले आफ्नी पूर्व प्रेमिकालाई तीसभन्दा बढी पटकसम्म चक्कूले हमला गरे । यी महिला हमलाका बेला चिच्याइरहेकी थिइन् तर त्यहाँको भीड उनलाई उद्दार गर्नुको साटो रमिते बन्यो । तरपनि यी महिलाको ज्यान भने बचेको छ ।

सिनालोआ शहरमा भएको यो दुर्घटनापछि मानिसहरु स्तब्ध छन् । ३३ वर्षकी यी महिलालाई भेट्न उनका पूर्व प्रेमी आए र अचानक उनीमाथि हमला गर्न थाले । हमलाका कारण महिला रुन थालिन् र मद्दतका लागि गुहार गरिन् ।

महिलाका पूर्व प्रेमीले ३० भन्दा बढी पटक हमला गर्दा पनि उनी बाँच्न सफल भएकी छिन् किनभने चिसो भएका कारण यी महिलाले एउटा निकै मोटो ज्याकेट लगाएकी थिइन् । यो ज्याकेटका कारण महिलाको कुनै पनि महत्वपूर्ण अंगमा क्षती पुगेन जसका कारण यी महिलाको ज्यान बच्यो ।

यो बसमा भएका यात्रुले यी महिलाको मद्दत त्यतिबेला मात्रै गर्न सुरु गरे जब उनका पूर्व प्रेमी हमला गरेपछि त्यहाँबाट भाग्न कोसिस गरे तर यी व्यक्तिलाई प्रहरीले पक्राउ गर्यो । स्थानीय मिडियाका अनुसार यी व्यक्तिलाई पक्राउ गर्दा उनले आफूले आफैंलाई मार्ने कोसिस गरेका थिए ।

यद्यपि, यो हमलामा महिलाको हात र खुट्टा नराम्रोसँग काटिएको थियो । स्थानीय मिडियाका अनुसार यो घटना भ्यालेन्टाइन्स डेको केही दिन पछि नै घटेको थियो । घटनाको सिसिटिभी फुटेज हालै मात्र जारी भएपछि यसबारे थाहा भएको छ । मेक्सिको एटर्नी जनरल एलेजाद्रो मनेरोका अनुसार मेक्सिकोमा पछिल्लो थुप्रै वर्षमा महिलाविरुद्ध हिंसामा निकै वृद्धि भएको छ र पछिल्लो पाँच वर्षमा महिलाविरुद्ध हिंसाको घटनामा १३७ प्रतिशतको वृद्धि भएको छ ।एजेन्सी

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram