२०७७ फागुन १२ गते
भारतका एक अवकाशप्राप्त प्रधानाध्यापक बृजमोहन मीणाले आफ्नो छोराको मंगलबार इन्गेज्मेन्ट गरेका थिए । एक भारतीय सञ्चार माध्यमका अनुसार इन्गेज्मेन्ट भइरहेका बेला दुलहीका पिताले पैसाले भरिएको प्लेट दुलहाका पिताको अगाडि राखिदिए । यो देखेर बृजमोहनले आफूलाई पैसा नचाहेको बताउँदै आफूहरुलाई छोरीमात्र चाहिएको बताए । यति भनेर उनले दाइजोमा पाएको ११ लाख भारु फिर्ता दिए । मानिसहरुले परम्पराको कुरा उठाएपछि उनले १०१ रुपैयाँ सगुनको रुपमा स्विकार गरे ।
बृजमोहन आफ्ना छोरा रामधनको आरती मीणासँग इन्गेजमेन्टका गर्न पुगेका थिए । उक्त कार्यक्रममा दुलहाको यस्तो व्यवहार देखेर मानिसहरुले उनको असाध्यै तारिफ गरे र सबैलाई यसबाट केही पाठ सिक्न अपिलसमेत गरे ।
दुलहीले भनिन्, ‘ससुराले छोरीको सम्मान बढाइदिए’
आफ्ना हुन लागेका ससुराको निर्णयले दुलही आरती मीणा असाध्यै खुसी छिन् । आरतीका अनुसार दाइजोमा पाएको रकम फिर्ता दिएर आफ्ना ससुराले समाजलाई सन्देश दिएका छन् । उनले भनिन्, ‘यसले छोरीको सम्मान बढाउँछ । आरतीले बी. एससी गरेपछि बी. एड. गरिरहेकी छिन् ।’
यस्तै आरतीका हजुरबुवा प्रभु लाल मीणाले सम्धि बृजमोहन मीणाले दाइजोको रकम फिर्ता गर्नु आफ्नो लागि निकै ठूलो प्रेरणा भएको बताएकी छिन् ।एजेन्सी