२०७७ फागुन १२ गते
नेकपाको प्रचण्ड–नेपाल समूहले देशभर विजय जुलुस निकाल्दै छ । प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेसँगै नेकपाको प्रचण्ड–नेपाल समूहले देशभर विजय जुलुस निकाल्न लागेको हो । काठमाण्डौ उपत्यकाबाहिर ८ बजेदेखि विजय जुलुस निस्केको सो समूहको केन्द्रीय संघर्ष समितिले जनाएको छ । काठमाण्डौमा भने दिउँसो १२ बजे शान्तिवाटिकामा विजय जुलुस हुने समितिले जनाएको छ ।
शान्तिवाटिकाको जुलुसमा यो समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ’प्रचण्ड’ र माधवकुमार नेपाल सहभागी हुने सम्भावना रहेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो । विजय जुलुस लाई सम्बोधन गर्न दुबै अध्यक्ष चितवन बाट बिहानै काठमाडौ फर्कनु भएको छ । यस्तै चितवनमा पनि दिउँसो १२ बजे बाट विजय जुलुस निकालीने जनाएको छ ।