NarayaniPost.com
शुक्रबार, असार २९, २०८०

अष्ट्रेलियामा फेसबुक र गुगलले समाचारका लागि रकम तिर्नुपर्ने

नारायणी पोस्ट
बिहिबार, फाल्गुन १३, २०७७

२०७७ फागुन १३ गते

काठमाडौं । फेसबुक र गुगलले आफ्नो प्लेटर्फममा समाचार शेयर गरेवाफत् निश्चित रकम तिर्नुपर्ने कानुन अष्ट्रेलिया सरकारले पारित गरेको छ । यस सम्बन्धी कानुन अष्ट्रेलियाको माथिल्लो सदनबाट बिहीबार पारित भएको छ ।

यो कानुनको अमेरिकी प्रविधि कम्पनीहरुले कडा विरोध जनाएका छन् ।

गत हप्ता फेसबुकले आफ्नो प्लेटर्फममा अष्ट्रेलियाका प्रयोगकर्तालाई समाचार सेयर गर्न प्रतिबन्ध लगाएको थियो । यद्यपि यसै हप्ता सरकारका प्रतिनिधिसँग वार्ता गरेपछि फेसबुकले आफ्नो निर्णय फिर्ता लिएको थियो ।

यही वार्ताको आधारमा सरकारले तल्लो सदनमा पेश गरेको प्रस्तावित कानुनमा संशोधन गरेको थियो र केही विषयमा दुवै कम्पनीहरुलाई नयाँ कानुनमार्फत् केही राहत मिल्ने प्रावधान राखिएको छ ।

तर दुवै कम्पनीहरुलाई अष्ट्रेलियाका ठूला प्रकाशकहरुलाई आकर्षक रकम दिनका लागि प्रतिबद्ध गराइएको छ । यद्यपि कति रकम दिनुपर्ने भन्ने विषय अझै स्पष्ट भइसकेको छैन ।

यस्तो कानुन बनाउने अष्ट्रेलिया विश्वको पहिलो देश बनेको छ । अष्ट्रेलियाको यो नयाँ कानुन विश्वभरका नियामक निकायका लागि नयाँ मोडेल सावित हुनसक्ने बीबीसीले जनाएको छ ।

अष्ट्रेलियाको कानुनमा सूचना प्रविधि सम्बन्धी कम्पनीहरुले समाचार सामग्रीका लागि रकम तिर्नुपर्ने भनिए पनि अझैसम्म कति रकम तिर्ने भन्ने कुरा स्पष्ट भइसकेको छैन ।
स्रोत : अनलाइनखबर

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram