NarayaniPost.com
शनिबार, असार ३०, २०८०

पोखरामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै

नारायणी पोस्ट
बिहिबार, फाल्गुन १३, २०७७

२०७७ फ्फागुन १३ गते

काठमाडौँ । आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य पोखरामा पर्यटकको चहलपहल बढेको छ । कोरोना भाइरसका कारण लामो समय ठप्प पर्यटकीय नगरी पोखरामा आन्तरिक पर्यटक ह्वात्तै बढेका छन् । आन्तरिक तथा बाह्य पर्यटकको सदाबहार चहलपहल हुने पोखरामा विदेशी पर्यटक खासै नभए पनि आन्तरिक पर्यटकको भने आकर्षण बढेको पर्यटन व्यवसायी बताउँछन् । पोखरा बजार तथा आसपासका ग्रामीण पर्यटकीयस्थलमा पनि पर्यटक बढेका छन् ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाका कारण लामो समय घरभित्र बन्द पर्यटक त्रास कम भएपछि घुमफिरमा समय दिन थालेका छन् । साथै कोरोना खोप लगाउन शुरु भएसँगै भ्रमणको गन्तव्य पोखरा बनाउनेहरु पनि बढ्नाले आन्तरिक पर्यटकको चहलपहल बढेको हो ।

पोखराका प्रमुख पर्यटकीय गन्तव्य फेवाताल, फेवातालको बीचमा अवस्थित तालबाराही मन्दिर, महेन्द्र गुफा, गुप्तेश्वर गुफा, चमेरे गुफा, पातले छाँगो, विश्व शान्ति स्तूपलगायत स्थलमा घुमफिर गर्नेहरुको सङ्ख्या बढेको छ । फेवातालमा डुङ्गामा शयर गर्ने र प्याराग्लाइडिङ रमाउनेहरू पनि उत्तिकै छन् ।

देशका पूर्व मेचीबाट महाकालीसम्मका जिल्लाबाट शैक्षिक, बैंक तथा वित्तीय संस्था, सहकारी लगायतले पोखरालाई भ्रमण कार्यक्रम बनाएपछि यहाँ आन्तरिक पर्यटक बढेका हुन् । बडा दशैँपछि पोखरामा पर्यटक बढ्न शुरु भएको र अहिले आन्तरिक पर्यटकको चहलपहल बढेको पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए । केही तेस्रो मुलक तथा छिमेकी भारतका पर्यटकसमेत अहिले पोखरामा छन् ।

विगत वर्षमा मुख्य पर्यटकीय मौसममा विदेशी पर्यटक भरिभराउ हुने गरे पनि यस वर्ष आन्तरिक पर्यटकले मात्र ठूलो राहत मिलेको पर्यटन व्यवसायीको भनाइ छ । अझै केही समय बाह्य पर्यटक आवागमन सहज नभएकाले आन्तरिक पर्यटनलाई लक्ष्य गरी छुटलगायत सुविधा व्यवसायीले प्रदान गरेका छन् । पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाले आन्तरिक पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरेको पोखरेलले जानकारी दिए । उनले भने, “आन्तरिक पर्यटन प्रवर्द्धनात्मक कार्र्यक्रम सञ्चालनपछि पोखरामा पर्यटकको चहलपहल बढेको छ । केही समय अझै आन्तरिक पर्यटनमा निर्भर रहनुपर्ने बाध्यता रहेकाले स्वदेशी पर्यटक आकर्षण गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्छ ।”

प्याराग्लाइडिङ पोखरामा पर्यटकको अर्को आकर्षण हो । कोरोनाले ठप्प प्याराग्लाइडिङमा दशैँपछि सहुलियत दरमा व्यवसायीले उडानको व्यवस्था गरेपछि केही साता ठूलो भीड लाग्ने गरेको थियो । अहिले पनि आन्तरिक पर्यटकको आकर्षण प्याराग्लाइडिङमा देखिएको नेपाल हवाई खेलकूद संस्था (ना)ले जनाएको छ ।

पोखरासँगै आसपासका क्षेत्रमा समेत अहिले आन्तरिक पर्यटक बढेका छन् । अग्ला डाँडामा खुलेका होटल, रेस्टुरेन्ट तथा घरबासमा बस्नेहरुको सङ्ख्या राम्रो रहेको बताइन्छ । पोखराका बाहुनडाँडा, सराङकोट, धम्पुस, घान्द्रुक, अस्तामलगायत क्षेत्रमा पर्यटकको चहलपहल बढेको सम्बन्धित क्षेत्रका व्यवसायीको भनाइ छ ।

यसैगरी साहसिक ग्रामीण पर्यटनको गन्तव्य घान्द्रुक गाउँ र विश्व प्रसिद्ध अन्नपूर्ण आधार शिविर गत माघ १ गतेदेखि पर्यटकका लागि खुला गरेपछि सो क्षेत्रमा पनि आन्तरिक पर्यटक आउन शुरु भएको घान्द्रुक पर्यटन व्यवस्थापन समितिले जनाएको छ । समितिका अध्यक्ष किसम गुरुङले लामो समय घान्द्रुक क्षेत्र बन्द हुँदा पर्यटनमा आश्रित व्यवसायी मारमा गएपछि सबैखाले पर्यटकका लागि स्वास्थ्य मापदण्ड पूरा गरेर खुलाउने निर्णयपछि स्वदेशी पर्यटक गाउँमा आउन शुरु गरेको बताए ।
कोरोना सङ्क्रमण रोक्न आह्वान गरिएको बन्दाबन्दीपछि बन्द प्रदेशका सबै पर्यटकीय गन्तव्य माघदेखि सञ्चालनमा आएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले जनाएको छ । पर्यटकीयस्थल पर्यटकका लागि खुला भएपछि आन्तरिक पर्यटक बढ्दै गएका हुन् । यसै क्रममा काठमाडौँस्थित द्रव्यलाभ बचत तथा ऋण सहकारी संस्था एक टोलीले फागुन ७ देखि ९ गते पोखरा तथा गण्डकी प्रदेशका लमजुङ, क्होंलासोंथर गाउँपालिका–३ को रमणीय बस्ती रहेको घलेगाउँको समेत अवलोकन भ्रमण गरेको छ । गुरुङ संस्कृति, हिमाली दृश्य, आत्मीय व्यवहार र मीठो खानाका लागि प्रख्यात घलेगाउँको स्वच्छ वातावरणमा मन आनन्दित भएको संस्थाका अध्यक्ष भक्तबहादुर पराजुलीले बताए ।

प्रकृति र संस्कृतिको सङ्गम घले गाउँबाट माछापुच्छ्रे«, अन्नपूर्ण दोस्रो, बुद्ध, हिमालचुली, लमजुङ, डा.हर्क गुरुङ पिक, मनास्लु लगायत हिमाल छर्लङ्ग देखिन्छ । सूर्योदय र सूर्यास्तको दृश्यले पनि मोहित बनाएको उनले बताए । ग्रामीण पर्यटनको नमूना गन्तव्य घले गाउँमा घुम्नलायक चियाबारी, गुरुङ सङ्ग्रहालय, दृश्यावलोकन स्तम्भ उत्तरकन्या मन्दिर, कोइवो धिँलगायत सम्पदा र छिमेकी गाउँ घनपोखरा, भुजुङ र बाग्लुङ पानीमा हाइकिङ गर्न जाने पर्यटकको चहलपहल छ ।रासस

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram